खोजी गर्नुहोस् › मार्गहरू › शिमशोनका यात्राहरू
मार्गहरू
शिमशोनका यात्राहरू
तिम्ना, अश्कलोन, गाजा र सोरेकको बेँसी · 9 बिसौनी · सीधा रेखामा ≈ 300 कि.मि.
जहाँ रेखाले जमिनको बनोट पछ्याउँछ, त्यहाँ त्यो एक जना विद्वानले पुनर्निर्माण गरेअनुसारको सम्भावित बाटो हो। दूरीहरू बिसौनीहरूबिच सीधा रेखामा छन्, मोटामोटी; पैदल दिनहरू दिनको लगभग 30 कि.मि. मानेर गनिएका छन्।
बिसौनीहरू
- सोरान्यायकर्ताहरू 13:2
त्यहाँ सोराबाट आएका दानको वंशका एक जना मानिस थिए, तिनको नाउँ मानोह थियो। तिनकी पत्नी गर्भवती हुन सकेकी थिइनन् र यसैले तिनले जन्म दिएकी थिइनन्।
- तिम्नान्यायकर्ताहरू 14:1
शिमशोन तल तिम्नामा गए, र त्यहाँ पलिश्तीहरूका छोरीहरूमध्ये एक जना स्त्रीलाई तिनले देखे।
- अश्कलोनन्यायकर्ताहरू 14:19
तब परमप्रभुको आत्मा अचानक शक्तिको साथमा शिमशोनमाथि आउनुभयो। शिमशोन तल अश्कलोनमा गए र तिनीहरूका तिस जना मानिसहरूलाई मारे। तिनले तिनीहरूका लुटका सामान लिए, र त्यो अड्को फुकाउने मानिसहरूलाई तिनीहरूका लुगाहरू दिए। रिसले चूर भएर तिनी आफ्ना बुबाका घरमा गए।
- एतामन्यायकर्ताहरू 15:8
तब तिनले उनीहरूलाई कम्मर र जाँघबाट टुक्रा-टुक्रा गरी काटे र धेरैको हत्या गरे। त्यसपछि उनी तल गए र एतामको चट्टानको गुफामा बसे।
- लहीन्यायकर्ताहरू 15:9
त्यसपछि पलिश्तीहरू माथि आए र तिनीहरूले यहूदामा युद्धको निम्ति तयारी गरे र लहीमा आफ्ना सेनालाई तयार राखे।
- हेब्रोनन्यायकर्ताहरू 16:3
शिमशोन मध्यरातसम्म ओछ्यानमा पल्टे। मध्यरातमा तिनी उठे र तिनले सहरको ढोका र त्यसका दुईवटा खम्बालाई समाते। तिनले बारसहित ती जमिनबाट उखेले, र ती आफ्ना काँधमा राखे, र हेब्रोनको सामुन्ने डाँडाको चुचुरासम्म बोकेर लगे।
- सोरेकको बेसीन्यायकर्ताहरू 16:4
यसपछि, शिमशोन सोरेकको बेसीमा बस्ने गर्ने एक जना स्त्रीसँग प्रेममा परे। त्यसको नाउँ दलीला थियो।
- गाजान्यायकर्ताहरू 16:21
पलिश्तीहरूले तिनलाई समाते र तिनका आँखा निकालिदिए। उनीहरूले तिनलाई गाजामा ल्याएर काँसाका साङ्लाले बाँधे। तिनी झ्यालखानामा जाँतो पिंध्न थाले।
रेखाहरूले पडावहरूलाई पाठको क्रममा जोड्छन्। जहाँ रेखा जमिनको बनोट पछ्याउँछ, त्यो एक विद्वान्ले पुनर्निर्माण गरेको सम्भावित बाटो हो; अरू ठाउँमा सिधा रेखा — बाटो थाहा छैन। दूरीहरू पडावहरूबीच सिधा रेखामा छन्। टुक्रे रेखा: जहाजबाट। फिक्का: स्थान अनिश्चित।
हरेक बिन्दु सबैभन्दा सम्भावित स्थान हो; फिक्का बिन्दुको अर्थ पहिचान अनिश्चित छ। स्थान थाहा नभएका ठाउँहरू नक्सामा छैनन्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · UBS Bible Routes, Dr Leen Ritmeyer © United Bible Societies 2023, CC BY-SA 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार