खोजी गर्नुहोस् › मार्गहरू › सन्दुकको यात्रा
मार्गहरू
सन्दुकको यात्रा
पलिश्तीहरूले लगे, फिर्ता पठाइयो, यरूशलेम ल्याइयो · 7 बिसौनी · सीधा रेखामा ≈ 110 कि.मि.
जहाँ रेखाले जमिनको बनोट पछ्याउँछ, त्यहाँ त्यो एक जना विद्वानले पुनर्निर्माण गरेअनुसारको सम्भावित बाटो हो। दूरीहरू बिसौनीहरूबिच सीधा रेखामा छन्, मोटामोटी; पैदल दिनहरू दिनको लगभग 30 कि.मि. मानेर गनिएका छन्।
बिसौनीहरू
- Ebenezer१ शमूएल 5:1
यति बेला पलिश्तीहरूले परमेश्वरको सन्दुक कब्जा गरेका, र तिनीहरूले त्यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए।
- अश्दोद१ शमूएल 5:1
यति बेला पलिश्तीहरूले परमेश्वरको सन्दुक कब्जा गरेका, र तिनीहरूले त्यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए।
- गात१ शमूएल 5:8
त्यसैले तिनीहरूले बोलाउन पठाए र पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ भेला गरे। तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दुकलाई हामीले के गर्नुपर्छ?” तिनीहरूले जवाफ दिए, “इस्राएलका परमेश्वरको सन्दुकलाई गातमा नै ल्याइयोस्।” त्यसैले तिनीहरूले इस्राएलका परमेश्वरको सन्दुकलाई बोकेर त्यहाँ ल्याए।
- एक्रोन१ शमूएल 5:10
त्यसैले तिनीहरूले परमेश्वरको सन्दुकलाई एक्रोनमा पठाए। तर परमेश्वरको सन्दुक एक्रोनमा आउने बित्तिकै, एक्रोनीहरूले यसो भन्दै कराए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्नलाई इस्राएलका परमेश्वरको सन्दुक हामीकहाँ ल्याएका छन्।”
- बेथ-शेमेश१ शमूएल 6:12
गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए। ती गाईहरू कराउँदै गए तर दाँया र बाँया कतैतिर नलागी, तिनीहरू लोकमार्ग हुँदै गए। पालिश्तीहरूका शासकहरू बेथ-शेमेशको सिमानासम्म नै तिनीहरूको पछि-पछि गए।
- किर्यत-यारीम१ शमूएल 7:1
किर्यत-यारीमका मानसिहरू आएर परमप्रभुको सन्दुकलाई उठाए र डाँडामा भएको अबीनादाबको घरमा त्यो ल्याए। परमप्रभुको सन्दुकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे।
- यरूशलेम१ इतिहास 15:3
त्यसपछि परमप्रभुको सन्दूकलाई त्यसको निम्ति तयार गरिएको ठाउँमा ल्याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए।
रेखाहरूले पडावहरूलाई पाठको क्रममा जोड्छन्। जहाँ रेखा जमिनको बनोट पछ्याउँछ, त्यो एक विद्वान्ले पुनर्निर्माण गरेको सम्भावित बाटो हो; अरू ठाउँमा सिधा रेखा — बाटो थाहा छैन। दूरीहरू पडावहरूबीच सिधा रेखामा छन्। टुक्रे रेखा: जहाजबाट। फिक्का: स्थान अनिश्चित।
हरेक बिन्दु सबैभन्दा सम्भावित स्थान हो; फिक्का बिन्दुको अर्थ पहिचान अनिश्चित छ। स्थान थाहा नभएका ठाउँहरू नक्सामा छैनन्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · UBS Bible Routes, Dr Leen Ritmeyer © United Bible Societies 2023, CC BY-SA 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार