खोजी गर्नुहोस् › मार्गहरू › एलियाका यात्राहरू
मार्गहरू
एलियाका यात्राहरू
करीत खोलादेखि होरेब र यर्दनसम्म · 13 बिसौनी · सीधा रेखामा ≈ 1,220 कि.मि.
जहाँ रेखाले जमिनको बनोट पछ्याउँछ, त्यहाँ त्यो एक जना विद्वानले पुनर्निर्माण गरेअनुसारको सम्भावित बाटो हो। दूरीहरू बिसौनीहरूबिच सीधा रेखामा छन्, मोटामोटी; पैदल दिनहरू दिनको लगभग 30 कि.मि. मानेर गनिएका छन्।
बिसौनीहरू
- गिलाद१ राजाहरू 17:1
गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “इस्राएलका परमेश्वर परमप्रभु जसको सामु म खडा छु, उहाँको नाउँमा म भन्दछु कि मैले नभनेसम्म पानी पर्ने छैन वा शीत पर्ने छैन।”
- Cherith१ राजाहरू 17:5
एलिया गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वमा पर्ने केरीत खोलानेर बस्न गए।
- सारपात१ राजाहरू 17:10
त्यसैले तिनी उठेर सारपातमा गए। तिनी सहरको मुल ढोकामा आइपुग्दा एउटी विधवाले दाउरा बटुल्दै थिइन्। तिनले उनलाई डाकेर भने, “मलाई पिउनलाई यो भाँडोमा थोरै पानी ल्याइदिनुहुन्छ कि?”
- कार्मेल पर्वत१ राजाहरू 18:20
त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए।
- कीशोन१ राजाहरू 18:40
त्यसैले एलियाले तिनीहरूलाई भने, “बालका अगमवक्ताहरूलाई पक्र। एउटै पनि भाग्न नपाओस्।” त्यसैले तिनीहरूले बालका अगमवक्कताहरूलाई पक्रे र तिनीहरूलाई कीशोन खोलामा ल्याई मारे।
- यिजरेल१ राजाहरू 18:46
तर परमप्रभुको हात एलियामाथि थियो। तिनले आफ्नो खास्टो पटुकामा कसे, र यिजरेलको प्रवेशद्वारसम्मै आहाबको अगिअगि कुदे।
- बेर्शेबा१ राजाहरू 19:3
जब एलियाले यो कुरा सुने तिनी उठेर आफ्नो जीवन बचाउन भागे, र यहूदाको बेर्शेबामा आए, तर आफ्नो नोकरलाई चाहिँ त्यहीँ छाडे।
- होरेब१ राजाहरू 19:8
त्यसैले तिनी उठेर खाए, र पिए अनि त्यस खानाको शक्ति पाएर चालिस दिन यात्रा गरेर परमेश्वरको पर्वत होरेबसम्मै आए।
- दमस्कसपुगेको कुरा भनिएको छैन१ राजाहरू 19:15
तब परमप्रभुले तिनलाई भन्नुभयो, “फर्केर दमस्कसको उजाड-स्थानको बाटोमा जा, र तँ त्यहाँ आइपुगेपछि हजाएललाई अरामका राजाको रूपमा अभिषेक गर्।
- गिलगाल२ राजाहरू 2:1
जब परमप्रभुले एलियालाई हावाको भूमरीद्वारा उठाएर स्वर्गमा लानै लाग्नुभएको थियो, तब एलीशालाई साथ लिएर एलिया गिलगालबाट गए।
- बेथेल२ राजाहरू 2:2
एलियाले एलीशालाई भने, “कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ।” त्यसैले तिनीहरू बेथेलमा झरे।
- यरीहो२ राजाहरू 2:4
एलियाले तिनलाई भने, “एलीशा, कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको छ।” तब एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ।” त्यसैले तिनीहरू यरीहोमा गए।
- यर्दन२ राजाहरू 2:6
तब एलियाले तिनलाई भने, “कृपागरी, यहीँ बस, किनकि परमप्रभुले मलाई यर्दनमा पठाउनुभएको छ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ।” त्यसैले ती दुई जना गइरहे।
रेखाहरूले पडावहरूलाई पाठको क्रममा जोड्छन्। जहाँ रेखा जमिनको बनोट पछ्याउँछ, त्यो एक विद्वान्ले पुनर्निर्माण गरेको सम्भावित बाटो हो; अरू ठाउँमा सिधा रेखा — बाटो थाहा छैन। दूरीहरू पडावहरूबीच सिधा रेखामा छन्। टुक्रे रेखा: जहाजबाट। फिक्का: स्थान अनिश्चित।
थोप्ले रेखा: यात्रा कतातिर लागेको थियो — पाठले त्यहाँ पुगेको भन्दैन; रेखा अघिल्लो पडावबाट अघि बढ्छ।
हरेक बिन्दु सबैभन्दा सम्भावित स्थान हो; फिक्का बिन्दुको अर्थ पहिचान अनिश्चित छ। स्थान थाहा नभएका ठाउँहरू नक्सामा छैनन्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · UBS Bible Routes, Dr Leen Ritmeyer © United Bible Societies 2023, CC BY-SA 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार