खोजी गर्नुहोस् › मार्गहरू › भागिरहेका दाऊद
मार्गहरू
भागिरहेका दाऊद
शाऊलबाट भाग्दै, अनि हेब्रोन र यरूशलेममा राजा · 13 बिसौनी · सीधा रेखामा ≈ 430 कि.मि.
जहाँ रेखाले जमिनको बनोट पछ्याउँछ, त्यहाँ त्यो एक जना विद्वानले पुनर्निर्माण गरेअनुसारको सम्भावित बाटो हो। दूरीहरू बिसौनीहरूबिच सीधा रेखामा छन्, मोटामोटी; पैदल दिनहरू दिनको लगभग 30 कि.मि. मानेर गनिएका छन्।
बिसौनीहरू
- रामा१ शमूएल 19:18
अब दाऊद भागे र बाँचे, र रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा उनलाई सुनाए। त्यसपछि तिनी र शमूएल नैयोतमा बसे।
- नोब१ शमूएल 21:1
पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए। अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्लै हुनुहुन्छ र तपाईंसँग कोही पनि छैनन्?”
- गात१ शमूएल 21:10
त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए।
- अदुल्लाम१ शमूएल 22:1
यसैले दाऊद त्यहाँबाट भागे र अदुल्लामको गुफामा गए। जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए।
- मिस्पा१ शमूएल 22:3
तब दाऊद त्यहाँबाट मोआबको मिस्पामा गए। तिनले मोआबको राजालाई भने, “कृपया, परमेश्वरले मेरो निम्ति के गर्नुहुन्छ भनी मैले थाहा नपाएसम्म मेरो बुबा र मेरो आमालाई तपाईंकहाँ रहन दिनुहोस्।”
- हारेत१ शमूएल 22:5
तब गाद अगमवक्ताले दाऊदलाई भने, “तपाईंको किल्लामा नबस्नुहोस्। छोडेर यहूदाको देशमा जानुहोस्।” त्यसैले दाऊद त्यहाँबाट निस्के र हारेतको वनमा गए।
- कीलाह१ शमूएल 23:5
दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे। तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे। यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए।
- जीप१ शमूएल 23:14
दाऊद उजाड-स्थान भएका किल्लाहरूमा, जीपको उजाड-स्थानको पडाडी देशमा बसे। शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्वरले तिनलाई उनको हातमा दिनुभएन।
- माओन१ शमूएल 23:24
तब तिनीहरू उठे र शाऊलभन्दा अगि जीपमा गए। दाऊद र तिनीसँग भएका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको उजाड-स्थानमा थिए।
- सिक्लग१ शमूएल 27:6
त्यसैले त्यो दिन आकीशले तिनलाई सिक्लग दिए। त्यसैले सिक्लग आजको दिनसम्म पनि यहूदाका राजाहरूको अधीनमा छ।
- हेब्रोन२ शमूएल 2:1
यसपछि दाऊदले परमप्रभुलाई सोधे र भने, “के म यहूदाका सहरमध्ये कुनै एउटामा जाऊँ?” पमरप्रभुले तिनलाई जवाफ दिनुभयो, “उक्लेर जा।” दाऊदले भने, “म कुन सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “हेब्रोनमा जा।”
- यरूशलेम२ शमूएल 5:6
राजा र तिनका मानिसहरू त्यस ठाउँका बासिन्दाहरू अर्थात् यरूशलेमका यबूसीहरूका विरुद्ध लड्न गए। तिनीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउनुभयो भने, अन्धा र लङ्गडाले नै फर्काइदिने छन्। दाऊद यहाँ आउन सक्दैन।”
रेखाहरूले पडावहरूलाई पाठको क्रममा जोड्छन्। जहाँ रेखा जमिनको बनोट पछ्याउँछ, त्यो एक विद्वान्ले पुनर्निर्माण गरेको सम्भावित बाटो हो; अरू ठाउँमा सिधा रेखा — बाटो थाहा छैन। दूरीहरू पडावहरूबीच सिधा रेखामा छन्। टुक्रे रेखा: जहाजबाट। फिक्का: स्थान अनिश्चित।
हरेक बिन्दु सबैभन्दा सम्भावित स्थान हो; फिक्का बिन्दुको अर्थ पहिचान अनिश्चित छ। स्थान थाहा नभएका ठाउँहरू नक्सामा छैनन्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · UBS Bible Routes, Dr Leen Ritmeyer © United Bible Societies 2023, CC BY-SA 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार