गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 फेब्रुअरी › फेब्रुअरी 7
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 फेब्रुअरी 7
आइतबार · सामान्य कालको पाँचौँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको पाँचौँ आइतबार
आइतबार · धर्मविधिको रङ: हरियो
दिनका पाठहरू
पहिलो पाठ
1के मानिसले पृथ्वीमा कठिन परिश्रम गर्दैन र? के उसका दिन ज्यालादारी मानिसका दिनजस्तै हुँदैनन् र? 2एउटा दासले उत्सुकतासाथ साँझको छायाको इच्छा गरेझैं, एक जना ज्यालादारीले आफ्नो ज्यालाको आशा गर्छ। 3यसरी मलाई दुःखका महिनाहरू सहन लगाइएको छ। मलाई कष्टले भरिएका रातहरू दिइएका छन्। 4म पल्टिदाँ म आफैलाई भन्छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्नेछ?' मिरमिरे उज्यालो नहुञ्जेल म यताउता छटपटाउँछु। 6मेरा दिनहरू सिलाउनेको चक्काभन्दा चाँडो बित्छन्। ती आशाविनै बितेर जान्छन्। 7हे परमेश्वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस्। मेरो आँखाले फेरि असल देख्न पाउनेछैन।
प्रत्युत्तर भजन
1परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्वरको स्तुति गाउनु असल कुरा हो। यो सुखद हुन्छ र प्रशंसा उचित छ। 2परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ। उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ। 3तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ। 4उहाँले ताराहरू गन्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ। 5हाम्रा परमप्रभु महान् र शक्तिमा भयङ्कर हुनुहुन्छ। उहाँको समझलाई नाप्न गर्न सकिंदैन। 6परमप्रभुले थिचोमिचोमा परेकालाई माथि उठाउनुहुन्छ। उहाँले दुष्टहरूलाई तल जमिनमा झार्नुहुन्छ।
दोस्रो पाठ
16मैले सुसमाचार प्रचार गरेँ भनेर मैले घमण्ड गर्ने कारण नै छैन, किनभने मैले यो गर्नुपर्छ। यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ। 17किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु। तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ। 18त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ। 19किनकि म सबै कुरामा स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकौँ भनेर म सबैको दास भएँ। 22कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ। सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु। 23सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्हरूमा म सहभागी हुन सकूँ।
सुसमाचार
29सभाघरबाट बाहिर निस्कनुभएपछि उहाँहरू याकूब र यूहन्नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो। 30अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन्। तिनीहरूले तिनको विषयमा येशूलाई बताए। 31यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन्। 32त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए। 33सारा सहर नै त्यो घरको ढोकामा भेला भए। 34उहाँले विभिन्न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे। 35उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो। 36सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे। 37तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।” 38उहाँले भन्नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ। त्यसैको लागि म यहाँ आएँ। 39उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो।
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार