गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 फेब्रुअरी › फेब्रुअरी 8
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 फेब्रुअरी 8
सोमबार · सामान्य कालको पाँचौँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको पाँचौँ हप्ताको सोमबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो
सन्त जेरोम एमिलियानी, पुरोहित · ऐच्छिक स्मृति-दिवस
सन्त जोसेफिन बखिता, कुमारी · ऐच्छिक स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
1आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। 2पृथ्वी निराकार र शून्य थियो। समुद्रको सतहमाथि अन्धकार थियो। परमेश्वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। 3परमेश्वरले भन्नुभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो। 4परमेश्वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो। उहाँले उज्यालोलाई अन्धकारबाट छुट्ट्याउनुभयो। 5परमेश्वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो - पहिलो दिन। 6परमेश्वरले भन्नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस्।” 7परमेश्वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो। तब त्यस्तै भयो। 8परमेश्वरले त्यस क्षेत्रलाई “आकाश” भन्नुभयो। साँझ पर्यो र बिहान भयो - दोस्रो दिन। 9परमेश्वरले भन्नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस्।” तब त्यस्तै भयो। 10परमेश्वरले ओभानो जमिनलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो। उहाँले हेर्नुभयो, र त्यो असल थियो। 11परमेश्वरले भन्नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस्।” तब त्यस्तै भयो। 12पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्यो। परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो। 13साँझ पर्यो र बिहान भयो - तेस्रो दिन। 14परमेश्वरले भन्नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन्। 15पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन्।” तब त्यस्तै भयो। 16परमेश्वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो। 17पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न 18परमेश्वरले ती आकाशमा राख्नुभयो। परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो। 19साँझ पर्यो र बिहान भयो - चौथो दिन।
प्रत्युत्तर भजन
भजनसंग्रह 104:1–2, 5–6, 10–12, 24, 35
1मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु। हे परमप्रभु मेरो परमेश्वर, तपाई अति महान् हुनुहुन्छ। तपाईं वैभव र ऐश्वर्यले विभूषित हुनुहुन्छ। 2तपाईंले आफूलाई लुगाले झैं ज्योतिले ढाक्नुहुन्छ। तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ। 5उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्यो कहिल्यै हटाइनेछैन। 6तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्नुभयो। पानीले पहाडहरू ढाके। 10उहाँले मूलहरूलाई बेसीहरूमा बगाउनुभयो। पहाडहरूका बिचबाट खोलाहरू बग्छन्। 11तिनीहरूले मैदानका सबै जनावरलाई पानी दिन्छन्। जङ्गली गधाहरूले आफ्नो तिर्खा मेटाउँछन्। 12नदीका किनाराहरूमा चराहरूले आफ्ना गुँड बनाउँछन्। तिनीहरूले हाँगाहरूमा गाउँछन्। 24हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो। पृथ्वी तपाईंको कामहरूले भरिन्छ। 35पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्टहरू कदापि नरहून्। आफ्नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु। परमप्रभुको स्तुति होस्।
सुसमाचार
53जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्याए। 54जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने। 55तिनीहरू सबै क्षेत्रमा गए, र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले। 56जहाँ-जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे। र जतिले छोए, तिनीहरू निको हुन्थे।
आजका सन्तहरू
- सन्त जेरोम एमिलियानी, पुरोहित
- सन्त जोसेफिन बखिता, कुमारी
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार