17अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्न गए। तर दाऊदले यो सुने र तल किल्लामा गए।
18पलिश्तीहरू आएका थिए र रपाईको बेसीमा छरिएका थिए।
19त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे। तिनले भने, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्नुभयो, “आक्रमण गर्, किनभने म निश्चय नै तँलाई पलिश्तीहरूमाथि विजय गराउने छु।”
20त्यसैले दाऊदले बाल-पराजीमा आक्रमण गरे र त्यहाँ तिनले तिनीहरूलाई पराजित गरे। तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो।
21पलिश्तीहरूले त्यहाँ आफ्ना मूर्तीहरू छोडिराखे अनि दाऊद र तिनका मानिसहरूले ती लिएर गए।
22त्यसपछि पलिश्तीहरू फेरि माथि आए र फेरि एक पटक रपाईो बेसीमा फैलिएर बसे।
23त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र पमरप्रभुले तिनलाई भन्नुभयो, “तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग।
24जब तैंले लहरे-पिपलको टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्छस्, तब फौजका साथमा आक्रमण गर्। यसो गर् किनभने तैंले पलिश्तीहरू आक्रमण गर्नुअगि परमप्रभु जानुभएको हुनुहुने छ।”
25त्यसैले परमप्रभुले आज्ञा गर्नुभएझैं दाऊदले गरे। तिनले पलिश्तीहरूलाई गिबिनदेखि गेजेरतिर जाने बाटोसम्म नै मारे।