Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › परमेश्‍वरको विश्वासयोग्यता

विश्वास

परमेश्‍वरको विश्वासयोग्यता बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 12 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

१ यूहन्ना 1:9तर यदि हामीले आफ्ना पापहरू स्वीकार गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ।
२ तिमोथी 2:13हामी उहाँमा विश्‍वासयोग्य भएनौँ भने, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न।
हिब्रू 10:23हामीले स्वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ।
विलाप 3:22–23परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्‍त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन। ती हरेक बिहान नयाँ हुन्छन्। तपाईंको विश्‍वसनीयता महान् छ।
व्यवस्था 7:9त्यसकारण, परमप्रभुले तिमीहरूलाई शक्तिशाली हातले बाहिर ल्याउनुभएको छ, र दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभएको छ। तसर्थ, परमप्रभु तिमीहरूका परमेश्‍वर नै विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू मान्‍ने हजारौँ पुस्तासम्म आफ्ना करार पुरा गर्नुहुन्छ र विश्‍वासयोग्य हुनुहुन्छ भनी जान।
२ थेसलोनिकी 3:3तर हाम्रा प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई स्थापना गर्नुहुन्छ र दुष्‍टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ।
१ कोरिन्थी 10:13मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ। तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ। उहाँले तिमीहरूलाई तिमीहरूको शक्‍तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न। तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ।
१ कोरिन्थी 1:9परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो।
भजनसंग्रह 91:4उहाँले तिमीलाई आफ्‍नो पखेटाहरूले ढाक्‍नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ। उहाँको सत्‍यताचाहिं ढाल र सुरक्षा हो।
भजनसंग्रह 36:5हे परमप्रभु, तपाईंको करारको विश्‍वस्तता आकाशसम्म नै पुग्छ। तपाईंको निष्‍ठा बादलसम्म पुग्छ।
१ पत्रुस 4:19त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्‍टिकर्तालाई सुम्पून्।
१ थेसलोनिकी 5:24तिमीहरूलाई बोलाउनुहुने इमानदार हुनुहुन्छ। उहाँले नै यो पनि गर्नुहुनेछ।

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार