गृहपृष्ठ › बाइबल के भन्छ › परमेश्वरमा प्रतीक्षा
विश्वास
परमेश्वरमा प्रतीक्षा बारे बाइबल के भन्छ
यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 14 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।
यशैया 40:31
तर परमप्रभुमा आशा गर्नेहरूले आफ्नो बललाई नयाँ बनाउनेछन्। तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन्। तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन्। तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन्।भजनसंग्रह 27:14
परमप्रभुको आसा गर। बलियो होओ र तिमीहरूका हृदय उत्साहित होस्। परमप्रभुको आसा गर।भजनसंग्रह 37:7
परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर। आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ।विलाप 3:25
परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ।यशैया 30:18
तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ। किनकि परमप्रभु न्यायको परमेश्वर हुनहुन्छ। उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन्।भजनसंग्रह 130:5
म परमप्रभुमा पर्खिन्छु, मेरो प्राणले पर्खिन्छु र उहाँको वचनमा म आसा गर्छु।मिका 7:7
तर मचाहिँ परमप्रभुतर्फ आँखा लगाउँछु। म मेरो मुक्तिको परमेश्वरको पर्खाइमा छु, मेरा परमेश्वरले मलाई सुन्नुहुन्छ।याकूब 5:7–8
त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर। किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर। त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ। तिमीहरू पनि धैर्य धारण गर। तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ।भजनसंग्रह 33:20
हामी परमप्रभुको आसा गर्छौं। उहाँ हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ।भजनसंग्रह 62:5
परमेश्वरमा मात्र म चूपचाप पर्खिन्छु। किनकि मेरो आसा उहाँमा राखिएको छ।हबकूक 2:3
किनभने यो दर्शन भविष्यको समयको निम्ति हो र त्यो अन्ततः बोल्नेछ र विफल हुनेछैन। त्यसले ढिलाइ गरे तापनि, त्यसको प्रतीक्षा गर्। किनभने त्यो निश्चय नै आउनेछ र त्यसले बिलम्ब गर्नेछैन।भजनसंग्रह 37:34
परमप्रभुको आसा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ। दुष्टहरू बहिष्कृत भएको तिमीले देख्नेछौ।यशैया 64:4
प्रचीन समयदेखि नै कसैले पनि सुनेको वा देखेको छैनन्, न त आँखाले तपाईंबाहेक अरू कुनै परमेश्वरलाई देखेको छन्, जसले आफ्नो आशा गर्नेहरूका निम्ति कामहरू गर्नुहुन्छ।भजनसंग्रह 38:15
हे परमप्रभु, निश्चय नै, म तपाईंको आसा गर्छु। हे परमप्रभु मेरो परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ।यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार