18त्यसपछि राजा दाऊद भित्र गए र परमप्रभुको सामु बसे र यसो भने, “हे परमप्रभु परमेश्वर, म को हुँ र मेरो परिवार के हो र मलाई यहाँसम्म ल्याउनुभएको छ?
19अब हे परमप्रभु परमेश्वर, यो तपाईंको दृष्टिमा सानो कुरा थियो। हे परमप्रभु परमेश्वर, तपाईंको सेवकको घरानामा धेरै समयपछि हुन आउने कुराका बारेमा पनि तपाईंले भन्नुभएको छ र भावी पुस्ताहरूका बारेमा मलाई प्रकट गर्नुभएको छ।
20म दाऊदले तपाईंलाई अरू भन्न सक्छु र? हे परमप्रभु परमेश्वर, तपाईंको सेवकलाई तपाईंले चिन्नुभएको छ।
21तपाईंको वचनको खातिर र तपाईंको आफ्नो उद्देश्य पूरा गर्नलाई, तपाईंले यो ठुलो काम गर्नुभएको छ र तपाईंको सेवकलाई त्यो प्रकट गर्नुभएको छ।
22यसकारण, हे परमप्रभु परमेश्वर, तपाईं महान् हुनुहुन्छ, किनकि तपाईंजस्तो कोही पनि छैन र तपाईंबाहेक कुनै परमेश्वर छैन, जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं।
23तपाईंको मानिस इस्राएलजस्तो कुन जाति छ, एउटा यस्तो जाति जसलाई तपाईं परमेश्वर आफैं गएर छुटकारा दिनुभयो? तपाईंले यो गर्नुभयो ताकि तपाईंको आफ्नो नाउँ महान् बनाउन, र तपाईंको देशको निम्ति डरलाग्दा कामहरू गर्न तिनीहरू तपाईंका मानिसहरू हुन सकुन्। जातिहरूलाई र तिनीहरूका देवताहरूलाई तपाईंले आफ्ना मानिसहरूका सामुबाट धपाउनुभयो, जसलाई तपाईंले मिश्रदेशबाट छुटकारा दिनुभयो।
24तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नै मानिसको रूपमा स्थापित गर्नुभयो र तपाईं परमप्रभु नै तिनीहरूका परमेश्वर हुनुभयो।
25त्यसैले अब, हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस्। तपाईंले जस्तो भन्नुभएको छ त्यस्तै गर्नुहोस्।
26तपाईंको नाउँ सदासर्वदा महान् होस्, ताकि मानिसहरूले भनुन्, 'सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्वर हुनुहुन्छ' जति बेला तपाईंको सेकम म, दाऊदको घराना तपाईंको सामु स्थापित हुन्छ।
27किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर, आफ्नो सेवकको निम्ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ। यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु।
28अब हे परमप्रभु परमेश्वर, तपाईं परमेश्वर हुनुहुन्छ र तपाईंका वचनहरू भरपर्दा छन् र तपाईंले आफ्नो सेवकलाई यो असल प्रतिज्ञा गर्नुभएको छ।
29अब उप्रान्त, आफ्नो सेवकको घरानालाई आशिष् दिन प्रशन्न हुनुहोस्, ताकि तपाईंको सामु यो सदा रहिरहोस्। किनकि हे परमप्रभु, तपाईंले यी कुराहरू भन्नुभएको छ र तपाईंको आशिष्ले तपाईंको सेवकको घरानाले सदा आशिष् पाउने छ।