गृहपृष्ठ › मण्डली-वर्षका पर्वहरू › पवित्र हप्ता र इस्टर
मण्डली-वर्षका पर्वहरू
पवित्र हप्ता र इस्टर
खजुर आइतबारदेखि इस्टरसम्म पवित्र हप्ता: यरूशलेममा प्रवेश, अन्तिम भोज, कष्टभोग र पुनरुत्थान सुसमाचारहरूकै शब्दमा, हप्ताका घटनाहरू घण्टा-घण्टामा, र आउँदा वर्षहरूमा पश्चिमी इस्टर र अर्थोडक्स पास्काका मितिहरू।
मितिहरू
| वर्ष | पश्चिमी मण्डलीहरूइस्टर आइतबार | अर्थोडक्स मण्डलीपास्का |
|---|---|---|
| 2027 | 2027 मार्च 28आइतबारखजूर आइतबार: 2027 मार्च 21शुभ शुक्रबार: 2027 मार्च 26 | 2027 मे 2आइतबारखजूर आइतबार: 2027 अप्रिल 25पवित्र शुक्रबार: 2027 अप्रिल 30 |
| 2028 | 2028 अप्रिल 16आइतबारखजूर आइतबार: 2028 अप्रिल 9शुभ शुक्रबार: 2028 अप्रिल 14 | 2028 अप्रिल 16आइतबारखजूर आइतबार: 2028 अप्रिल 9पवित्र शुक्रबार: 2028 अप्रिल 14 |
| 2029 | 2029 अप्रिल 1आइतबारखजूर आइतबार: 2029 मार्च 25शुभ शुक्रबार: 2029 मार्च 30 | 2029 अप्रिल 8आइतबारखजूर आइतबार: 2029 अप्रिल 1पवित्र शुक्रबार: 2029 अप्रिल 6 |
| 2030 | 2030 अप्रिल 21आइतबारखजूर आइतबार: 2030 अप्रिल 14शुभ शुक्रबार: 2030 अप्रिल 19 | 2030 अप्रिल 28आइतबारखजूर आइतबार: 2030 अप्रिल 21पवित्र शुक्रबार: 2030 अप्रिल 26 |
| 2031 | 2031 अप्रिल 13आइतबारखजूर आइतबार: 2031 अप्रिल 6शुभ शुक्रबार: 2031 अप्रिल 11 | 2031 अप्रिल 13आइतबारखजूर आइतबार: 2031 अप्रिल 6पवित्र शुक्रबार: 2031 अप्रिल 11 |
एउटा मितिले अर्थोडक्स वा क्याथोलिक पात्रोमा त्यस दिनका पाठहरू खोल्छ।
अर्थोडक्स मितिहरू जुलियन पात्रोअनुसार छन्, जुन रुसी, सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतले मान्छन्: तिनका निश्चित-मितिका पर्वहरू नागरिक पात्रोमा 13 दिनपछि पर्छन्। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया र अरू) क्रिसमस 25 डिसेम्बरमा मनाउँछन्; पास्का र त्यसमा भर पर्ने दिनहरू लगभग सबै अर्थोडक्स मण्डलीमा उस्तै गरी गनिन्छन्।
बाइबल-खण्डहरू
मत्ती
1जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो, 2र यसो भन्नुभयो, “तिमीहरू सामुन्नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ। तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ। 3यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन्।” 4अगमवक्ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो। उहाँले भन्नुभयो, 5“‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ।’” 6तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे। 7तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्नुभयो। 8भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए। 9येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्च्याए, “दाऊदका पुत्रलाई होसन्ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्वरको नाउँमा आउनुहुन्छ! उच्चमा विराजमान हुनुहुनेलाई होसन्ना!” 10जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन्?” 11भिडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्ता।”
यूहन्ना
1अब निस्तार-चाडअगि येशू जान्नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो। 2अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो। 3येशूले जान्नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो। 4उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्त्र फुकाल्नुभयो। त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो। 5त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो। 6उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ?” 7येशूले जवाफ दिनुभयो, र तिनलाई भन्नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्नेछौ।” 8पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन।” 9सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस्।” 10येशूले तिनलाई भन्नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ।” 11(किनकि कसले उहाँलाई विश्वासघात गर्थ्यो भन्ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ।”) 12त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्ने के तिमीहरू जान्दछौ?” 13तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ। 14तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ। 15किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक।
मत्ती
17अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?” 18उहाँले भन्नुभयो, “सहरमा एक जना व्यक्तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ। म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु।’” 19येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र उनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे। 20जब साँझ पर्यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्नुभयो। 21जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।” 22उनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्न थाले, “प्रभु, म त निश्चय नै होइन होला?” 23उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ। 24मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ। तर धिक्कार त्यस व्यक्तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ! त्यो व्यक्ति त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो।” 25यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्नुभयो, “तिमी आफैँले त्यो भनेका छौ।” 26उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्नुभयो। उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ। यो मेरो शरीर हो।” 27उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्नुभयो, “तिमीहरू सबैले यसलाई पिओ। 28किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ। 29तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन।” 30उहाँहरू सबैले भजन गाइसक्नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्नुभयो।
यूहन्ना
1यी कुराहरू बोलिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो। त्यहाँ एउटा बगैँचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो। 2उहाँलाई विश्वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैँचामा जानुहुन्थ्यो। 3अनि मुख्य पुजारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए। 4के भइरहेको थियो भनी सबै थोक जान्नुहुने येशू अगाडि आउनुभयो र भन्नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” 5तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई।” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ।” उहाँलाई विश्वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो। 6त्यसैले, जब येशूले “म उही हुँ” भन्नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले। 7अनि उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई।” 8येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनेँ, म उही हुँ। त्यसैले, यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ।” 9यो “तपाईंले मलाई दिनुभएकाहरूमध्ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्नुभएको वचन पुरा हुनको निम्ति थियो। 10तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पुजारीका नोकरलाई प्रहार गरे, र उसको दायाँ कान काटिदिए। त्यस नोकरको नाम माल्खस थियो। 11येशूले पत्रुसलाई भन्नुभयो, “तरवारलाई म्यानमा नै राख। के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन र?” 12त्यसैले, सिपाहीहरूको समूह, कप्तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे। 13तिनीहरूले पहिले उहाँलाई हन्नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पुजारी थिए। 14मानिसहरूको निम्ति एक जना मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्ति कैयाफा नै थिए। 15सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्का चेलाले पनि त्यसै गरे। ती चेलाको प्रधान पुजारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पुजारीका आँगनभित्र पसे। 16तर पत्रुसचाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए। त्यसैले, प्रधान पुजारीसँग चिनजान भएका अर्का चेला बाहिर गए र ढोकाकी महिला पालेसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए। 17तब महिला दासी अर्थात् ढोकाकी पालेले पत्रुसलाई भनिन्, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र?” तिनले भने, “म होइनँ।” 18अब नोकरहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैँलाई न्यानो बनाइराखेका थिए। आफूलाई न्यानो पार्दै पत्रुस पनि तिनीहरूसँगै उभिरहेका थिए। 19प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे। 20येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु। मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन्। मैले कुनै पनि कुरा गुप्तमा भनेको छैन। 21तपाईंहरूले मलाई किन सोध्नुहुन्छ? तिनीहरूलाई नै सोध्नुहोस् जसले मैले भनेको सुनेका छन्। हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन्।” 22जब येशूले यो कुरा भन्नुभयो, त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाले येशूलाई एक मुक्का हाने, र भने, “के प्रधान पुजारीलाई जवाफ दिने तेरो तरिका त्यही हो?” 23येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलेँ भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?” 24अनि हन्नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए। 25अब सिमोन पत्रुसचाहिँ उभिएर आफूलाई न्यानो पार्दै थिए। अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि त्यसका चेलाहरूमध्येका एक जना होइनौ?” तिनले यसलाई इन्कार गरे, र भने, “म होइनँ।” 26अनि प्रधान पुजारीका नोकरहरूमध्ये पत्रुसले कान काटिदिएका नोकरका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ र?” 27पत्रुसले फेरि इन्कार गरे र तुरुन्तै भाले बास्यो। 28त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको महलमा लगे। बिहान सबेरै थियो, तिनीहरू राज्यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून्। 29त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ?” 30तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्पने थिएनौँ।” 31त्यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन। 32उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो। 33त्यसपछि पिलातस फेरि राज्यपालको महलभित्र पसे, अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?” 34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?” 35पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्नै मानिसहरू र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्पेका छन्। तिमीले के गर्यौ?” 36येशूले जवाफ दिनुभयो, “मेरो राज्य यो संसारको होइन। यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा सुम्पियोस्। तर मेरो राज्य यस संसारको होइन।” 37तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्नुहुन्छ। म यही उद्देश्यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ। सत्यका सबैले मेरो आवाज सुन्छन्।” 38पिलातसले उहाँलाई भने, “सत्य के हो?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिन।” 39तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन छ। त्यसैले, के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडी दिऊँ भन्ने तिमीहरू चाहन्छौ?” 40तब तिनीहरूले फेरि कराए, र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई छोडिदिनुहोस्।” बारब्बाचाहिँ एक डाँकु थिए। 19:1तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए। 2सिपाहीहरूले काँडाको मुकुट बनाए। तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्त्र पहिर्याइदिए। 3तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस्!” अनि तिनीहरूले उहाँलाई मुक्का हाने। 4तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदै छु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्ने तिमीहरूले जान्न सक।” 5त्यसैले, येशू बाहिर आउनुभयो। उहाँले काँडाको मुकुट र बैजनी रङको वस्त्र लगाउनुभएको थियो। तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!” 6जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ।” 7यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्वरका पुत्र हुँ भनी दाबी गर्छ।” 8जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए, 9अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन। 10तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्ने शक्ति छ भन्ने के तिमीलाई थाहा छैन?” 11येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्ति छैन। यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ।” 12यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ।” 13जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे। 14निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!” 15तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्नुपर्ने हो?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन।” 16तब पिलातसले क्रुसमा टाँग्नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे। 17तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ। 18त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे। 19पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे। त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा। 20यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो। यो चिन्ह हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो। 21तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्नुहोस्।” 22पिलातसले जवाफ दिए, “मैले जे लेखेँ सो लेखेँ।” 23सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्त्र लिए अनि चार भाग बनाए। हरेक सिपाहीको लागि एक-एक भाग पर्यो र लबेदा पनि। अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो। 24तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ।” धर्मशास्त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्त्रको लागि चिट्ठा हाले।” 25सिपाहीहरूले यी कुराहरू गरे। येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए। 26जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्नुभयो, उहाँले आफ्नी आमालाई भन्नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा!” 27तब उहाँले ती चेलालाई भन्नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे। 28यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्ने जान्नुभएको हुनाले धर्मशास्त्र पुरा हुनको लागि उहाँले भन्नुभयो, “मलाई तिर्खा लाग्यो।” 29अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो। त्यसैले, तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए। 30जब येशूले अमिलो लिनुभयो, उहाँले भन्नुभयो, “सिद्धियो।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो। 31यो तयारीको दिन भएको, र शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्ने हेतुले (किनकि शबाथ महत्त्वपूर्ण दिन थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे। 32तब सिपाहीहरू आए, र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचीदिए। 33जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे। त्यसैले, तिनीहरूले उहाँका खुट्टा भाँचेनन्। 34तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो। 35जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ। तिनले भनेको सत्य हो भनी तिनी जान्दछन् छन्, र तिमीहरूले विश्वास गर। 36यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन।” 37फेरि, अर्को धर्मशास्त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे।” 38यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे। पिलातसले तिनलाई अनुमति दिए। त्यसकारण योसेफ आए, र उहाँको शरीर लगे। 39निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए। तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए। 40त्यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे। 41अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्तिलाई गाडिएको थिएन। 42यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे।
मत्ती
1अब शबाथको समय सकिनै लाग्दा हप्ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्त्री चिहान हेर्न आए। 2हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे। 3तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो। 4पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए। 5स्वर्गदूतले ती स्त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ। 6उहाँ यहाँ हुनुहुन्न, तर जस्तो उहाँले भन्नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ। आएर प्रभुलाई राखिएको ठाउँ हेर। 7झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ। हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ। त्यहीँ नै तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु।” 8ती स्त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे। 9हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्नुभयो, “सबैलाई अभिवादन छ।” ती स्त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे। 10त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ। जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ। त्यहाँ तिनीहरूले मलाई भेट्नेछन्।”
मर्कूस
1जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून्। 2हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए। 3तिनीहरूले एक आपसमा भन्दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?” 4जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो। 5उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्क परे। 6तिनले तिनीहरूलाई भने, “नडराओ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न। तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर। 7तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ। उहाँले भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। 8तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्क परे। तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए।
लुका
1हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए। 2तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए। 3तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन्। 4जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए। 5ती स्त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ?” 6उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ। 7मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ।” 8तब ती स्त्रीहरूले उहाँका वचनलाई सम्झे। 9र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए। 10अब मरियम मग्दलिनी, योअन्ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए। 11तर यो सन्देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्त्रीहरूको कुरामा विश्वास गरेनन्। 12यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे। तब पत्रुस आश्चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे।
यूहन्ना
1हप्ताको पहिले दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन। 2यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन्, अनि तिनीहरूले कहाँ राखेका छन्, हामी जान्दैनौँ।” 3तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर गए। 4तिनीहरू दुवै जना सँगसँगै दौडे, अर्का चेला चाँडै पत्रुसभन्दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे। 5तिनले निहुरिएर चिहानभित्र हेरे; तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन्। 6सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए। तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे, 7अनि उहाँको शिरको कपडा पनि देखे। यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्गै पट्ट्याइएको थियो। 8त्यसपछि चिहानमा पहिला आइपुग्ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्वास गरे। 9त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्त्र बुझेनन्। 10यसकारण चेलाहरू फेरि घर गए। 11तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन्; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन्। 12तिनले सेतो पहिरनमा येशूको शरीर राखिएको शिरपट्टि एक र पाउपट्टि अर्को गरी दुई जना स्वर्गदूत बसिरहेका देखिन्। 13तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन्।” 14जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन्। 15येशूले तिनलाई भन्नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, र म उहाँलाई लिएर जानेछु।” 16येशूले तिनलाई भन्नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्छ, “गुरु”)। 17येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जानेछु।” 18मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखेँ।”
मत्ती, मर्कूस र लुकामा येशूको कष्टभोग
पवित्र हप्ता
सुसमाचारहरूले बताएजस्तै घटनाहरू घण्टा-घण्टामा हेर्नुहोस्।
खजूर आइतबार
- दिनभरिपरम्पराले तोकेको दिनयरूशलेममा प्रवेश
येशू गधामा चढेर सहरभित्र आउनुहुन्छ; भिडले खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्छ।
पवित्र सोमबार
- दिनभरिपाठमा दिइएको समयमन्दिरको शुद्धीकरण
येशूले व्यापारीहरूलाई मन्दिरबाट बाहिर खेद्नुहुन्छ। मर्कूसमा यो सहरमा प्रवेश गरेको भोलिपल्ट हुन्छ।
पवित्र मङ्गलबार
- दिनभरिपाठमा दिइएको समयमन्दिरमा शिक्षा
शास्त्रीहरू र फरिसीहरूसँग विवाद, दृष्टान्तहरू, र जैतून डाँडामा युगको अन्तबारे कुराकानी।
पवित्र बुधबार
- दिनभरिपाठमा दिइएको समयबेथानियामा अभिषेक
एउटी स्त्रीले येशूको शिरमा अत्तर खन्याउँछिन्; यहूदा उहाँलाई पक्राइदिन राजी हुन्छ। मर्कूसले यसलाई निस्तार-चाडभन्दा दुई दिनअगि राख्छन्।
पुण्य बिहीबार · पवित्र बिहीबार
- 19:00–21:30पाठमा दिइएको समयअन्तिम भोज
साँझमा येशू बाह्र जनासँग निस्तार-चाड मनाउनुहुन्छ, तिनीहरूका गोडा धुनुहुन्छ र रोटी भाँच्नुहुन्छ।
- 21:30–23:00पाठमा दिइएको समयबिदाइको उपदेश
चेलाहरूलाई येशूका अन्तिम वचन र तिनीहरूका निम्ति उहाँको प्रार्थना।
- 23:00–00:30पाठमा दिइएको समयगेतसमनी
रातमा येशू बगैँचामा प्रार्थना गर्नुहुन्छ, चेलाहरू भने सुतिरहेका हुन्छन्।
शुभ शुक्रबार · पवित्र शुक्रबार
- 00:30–01:30पाठमा दिइएको समयपक्राउ
यहूदा पहरेदारहरूसँग आउँछ, र येशूलाई लगिन्छ।
- 01:30–05:30पाठमा दिइएको समयप्रधान पुजारीको सामु
रातमा मुद्दा चल्छ। पत्रुसले उहाँलाई तिन पटक इन्कार गर्छन्, र भाले बास्छ।
- 05:30–06:30पाठमा दिइएको समयबिहानको सभा
झिसमिसेमा एल्डरहरूले येशूलाई पिलातसको हातमा सुम्पिदिने निर्णय गर्छन्।
- 06:30–09:00पाठमा दिइएको समयपिलातसको सामु
पिलातस र हेरोदले येशूलाई सोधपुछ गर्छन्। भिडले बारब्बालाई रोज्छ, र येशूलाई कोर्रा लगाइन्छ।
- 09:00–12:00 · तेस्रो घडीपाठमा दिइएको समयक्रुसमा टाँगिनु
बिहान करिब 9 बजे (मर्कूस 15:25)। यूहन्नामा भने छैटौँ घडीतिर पनि मुद्दा चलिरहेकै हुन्छ (यूहन्ना 19:14); व्याख्याकारहरूले यसलाई फरक-फरक तरिकाले बुझाउँछन्।
- 12:00–15:00 · छैटौँ घडीपाठमा दिइएको समयदेशभरि अन्धकार
छैटौँ घडीदेखि नवौँ घडीसम्म, अर्थात् करिब दिउँसो 12 देखि 3 बजेसम्म, सारा देशमा अन्धकार छाउँछ।
- 15:00–17:00 · नवौँ घडीपाठमा दिइएको समयक्रुसमा मृत्यु
दिउँसो करिब तीन बजे येशू ठुलो स्वरमा कराउनुहुन्छ र प्राण त्याग्नुहुन्छ।
- 17:00–19:00पाठमा दिइएको समयगाडिनु
साँझमा, शबाथ सुरु हुनुअगि, अरिमाथियाका योसेफले शरीरलाई चिहानमा राख्छन्।
पवित्र शनिबार
- दिनभरिपाठमा दिइएको समयशबाथ
गालीलबाट येशूसँगै आएका स्त्रीहरूले आज्ञाअनुसार विश्राम गर्छन्; चिहानमा पहरा राखिन्छ।
इस्टर आइतबार · पास्का
- 05:00–08:00पाठमा दिइएको समयपुनरुत्थान
बिहान सबेरै, झिसमिसेमा, स्त्रीहरू चिहानमा आउँछन् र त्यसलाई खाली पाउँछन्।
- 15:00–18:00पाठमा दिइएको समयइम्माउसको बाटो
दुई जना चेला इम्माउसतिर हिँड्छन्। जीवित भई उठ्नुभएका प्रभु तिनीहरूसँगै हिँड्नुहुन्छ, र साँझ पर्न लाग्दा तिनीहरूले उहाँलाई चिन्छन्।
- 18:00–21:00पाठमा दिइएको समययेशू चेलाहरूलाई देखा पर्नुहुन्छ
त्यही दिनको साँझ, ढोकाहरू बन्द हुँदाहुँदै पनि येशू चेलाहरूकहाँ आउनुहुन्छ।
कलामा
अन्तिम भोजउगोलिनो दा सिएना · c. 1325
कन्या मरियम, सन्त यूहन्ना, सन्त जेरोम र सन्त मरियम मग्दलिनीसहित क्रुसीकरणपेरुजिनो · c. 1482/1485
मानिसहरूसामु प्रस्तुत गरिनुभएका ख्रीष्ट (Ecce Homo)सोदोमा · c. 1540–49
चिहानमा राखिनुभएकोरुबेन्स · c. 1612
मालीको रूपमा मरियम मग्दलिनीलाई देखा पर्नुभएका ख्रीष्ट (Noli me Tangere)रुबेन्सको कार्यशाला · c. 1615–1618
ख्रीष्टसँग विश्वासघातयाकोब योर्डान्स · 1655–1659
ख्रीष्टको यरूशलेम प्रवेशड्युरर · c. 1509/1510?
चेलाहरूका गोडा धुनुहुने ख्रीष्टगारोफालो · c. 1520/1525
क्रुस बोक्नुहुने ख्रीष्टएल ग्रेको · c. 1577–87
पुनरुत्थानबेन्भेनुतो दी जोभान्नी · 1491?
यरूशलेममा प्रवेशगुस्ताभ डोरे · 1866
अन्तिम भोजगुस्ताभ डोरे · 1866
थप पर्वहरू
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार