गृहपृष्ठ › मण्डली-वर्षका पर्वहरू › प्रकटीकरण पर्व र ईश्वर-प्रकटीकरण
मण्डली-वर्षका पर्वहरू
प्रकटीकरण पर्व र ईश्वर-प्रकटीकरण
6 जनवरीमा पश्चिमी मण्डलीहरूले ज्ञानी मानिसहरूको आगमन सम्झन्छन्; अर्थोडक्स मण्डलीले ईश्वर-प्रकटीकरण, यर्दनमा येशूको बप्तिस्मा, मनाउँछ — जुलियन पात्रोका मण्डलीहरूमा 19 जनवरीमा। दुवैका सुसमाचारका खण्डहरू, पूरै।
मितिहरू
| वर्ष | पश्चिमी मण्डलीहरूप्रकटीकरण पर्व | अर्थोडक्स मण्डलीईश्वर-प्रकटीकरण |
|---|---|---|
| 2027 | 2027 जनवरी 6बुधबार | 2027 जनवरी 19मङ्गलबार |
| 2028 | 2028 जनवरी 6बिहीबार | 2028 जनवरी 19बुधबार |
| 2029 | 2029 जनवरी 6शनिबार | 2029 जनवरी 19शुक्रबार |
| 2030 | 2030 जनवरी 6आइतबार | 2030 जनवरी 19शनिबार |
| 2031 | 2031 जनवरी 6सोमबार | 2031 जनवरी 19आइतबार |
एउटा मितिले अर्थोडक्स वा क्याथोलिक पात्रोमा त्यस दिनका पाठहरू खोल्छ।
अर्थोडक्स मितिहरू जुलियन पात्रोअनुसार छन्, जुन रुसी, सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतले मान्छन्: तिनका निश्चित-मितिका पर्वहरू नागरिक पात्रोमा 13 दिनपछि पर्छन्। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया र अरू) क्रिसमस 25 डिसेम्बरमा मनाउँछन्; पास्का र त्यसमा भर पर्ने दिनहरू लगभग सबै अर्थोडक्स मण्डलीमा उस्तै गरी गनिन्छन्।
बाइबल-खण्डहरू
मत्ती
1यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्न लागे, 2“यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ।” 3जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरूशलेम बेचैन भए। 4हेरोदले सबै मुख्य पुजारी र मानिसहरूका शास्त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्ट कहाँ छन्?” 5तिनीहरूले उनलाई भने, “यहूदियाको बेथलेहेममा किनकि अगमवक्ताद्वारा यस्तै लेखिएको थियो, 6‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नुहुनेछ’।” 7त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्न हेरोदले गुप्त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए। 8उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज। जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ।” 9तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो। 10जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए। 11तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे। तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे। तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए। 12परमेश्वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो। त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए।
मत्ती
13त्यसपछि यूहन्नाबाट बप्तिस्मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो। 14तर यूहन्नाले यसो भन्दै उहाँलाई रोक्न खोजिरहे, “मैले पो तपाईंबाट बप्तिस्मा लिनुपर्नेमा के तपाईंचाहिँ म कहाँ आउनुहुन्छ?” 15येशूले जवाफ दिँदै तिनलाई यसो भन्नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त छ।” तब यूहन्नाले उहाँलाई बप्तिस्मा लिन दिए। 16उहाँको बप्तिस्मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो। उहाँले परमेश्वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्नुभयो। 17हेर, स्वर्गबाट यसो भन्ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन्। म यिनीसँग अत्यन्त प्रसन्न छु।”
मर्कूस
9ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिनुभयो। 10जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्नुभयो। 11अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ। तिमीसँग म अति प्रसन्न छु।”
यूहन्ना
29अर्को दिन यूहन्नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा! 30मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ। 31म उहाँलाई चिन्दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्तिस्मा दिँदै आएँ।” 32यूहन्नाले यसरी गवाही दिए, “मैले पवित्र आत्मा स्वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्नुभएको देखेँ। 33मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्तिस्मा दिन पठाउनुहुनेले मलाई भन्नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँले नै हुनुहुन्छ।’ 34मैले देखेको, र उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ भनेर गवाही दिएको छु।”
कलामा
ज्ञानी मानिसहरूको आराधनाफ्रा आन्जेलिको र फ्रा फिलिप्पो लिप्पी · c. 1440/1460
ख्रीष्टको बप्तिस्माहुआन दे फ्लान्देस · c. 1508/1519
ताराले ज्ञानी मानिसहरूलाई डोऱ्याउँछगुस्ताभ डोरे · 1866
ज्ञानी मानिसहरूको आराधनाड्युरर · c. 1501–1503
ज्ञानी मानिसहरूको आराधनालुकास भ्यान लेडेन · 1513
यर्दनमा ख्रीष्टको बप्तिस्मालुकास भ्यान लेडेन · c. 1510
ज्ञानी मानिसहरूको आराधना (Ms. Ludwig VII 1, fol. 25v, ‘आशिष्-पुस्तक’ बाट)अज्ञात चित्रकार, रेगेन्सबर्ग · c. 1030–1040
हेरोदको घरमा ज्ञानी मानिसहरू (Les rois mages chez Hérode)जेम्स टिसो · 1886–1894
यात्रामा ज्ञानी मानिसहरू (Les rois mages en voyage)जेम्स टिसो · 1886–1894
थप पर्वहरू
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार