Bible Explorer एप लिनुहोस्

बाइबल › हितोपदेश › 9

ULB · अध्याय 9 / 31

हितोपदेश 9

1बुद्धिले आफ्नै घर बनाएको छ। त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ।

2त्यसले आफ्ना पशुहरू मारेको छ। त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ।

3त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ। त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्‍च्याउँछ।

4“निर्बुद्धि को हो? त्यो यहाँ फर्कोस्।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ।

5“आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ।

6आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच। समझशक्तिको मार्गमा हिँड।

7गिल्ला गर्नेलाई अनुशासनमा राख्‍नेले दुर्व्यवहार पाउँछ, र दुष्‍ट व्यक्तिलाई हप्काउनेले अपमान पाउँछ।

8गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्ने छ। बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्ने छ।

9बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ। धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ।

10परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो।

11किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ।

12तँ बुद्धिमान् भइस् भने तँ आफ्नै लागि बुद्धमान् हुने छस्। तैँले गिल्ला गरिस् भने तैँले त्यो आफैसित बोक्‍ने छस्।”

13मूर्ख स्‍त्री अज्ञानी हुन्छे। त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन।

14त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे।

15त्यसले सडकमा हिँड्नेहरू, आफ्नो बाटोम सिधा अगाडि बढ्नेहरूलाई डाक्दै छे।

16“कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्,” समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे।

17“चोरीको पानी मिठो हुन्छ, र गुप्‍तमा खाएको रोटी स्वादिष्‍ट हुन्छ।”

18तर त्यहाँ मरेकाहरू छन् र त्यस स्‍त्रीले निम्तो दिएका पाहुनाहरू पातालको गहिराइमा छन् भनी त्यसलाई थाहा छैन।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org