गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › लेवीहरू 19:31
बाइबलको पद · ULB
लेवीहरू 19:31
मरेकाहरू वा आत्माहरूसँग बोल्नेहरूलाई नपछ्याओ। तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
पूरा अध्याय पढ्नुहोस्: लेवीहरू 19
सन्दर्भमा
28मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू। म परमप्रभु हुँ।
29आफ्नी छोरीलाई वेश्या बनाएर त्यसको अपमान नगर्नू, नत्रता सारा देश वेश्यागमनतिर लाग्ला र देश दुष्टताले भरिने छ।
30तिमीहरूले मेरो शबाथ मान्नू र मेरो पवित्र स्थानको आदर गर्नू। म परमप्रभु हुँ।
31मरेकाहरू वा आत्माहरूसँग बोल्नेहरूलाई नपछ्याओ। तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
32फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर। तिमीहरूका परमेश्वरको भय मान। म परमप्रभु हुँ।
33तिमीहरूका देशमा कुनै परदेशी बस्दछ भने, त्यसलाई कुनै हानि नगर्नू।
34तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्मेको मानिसझैँ होस्, र त्यसलाई आफैलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
अङ्ग्रेजीमा
You must not turn to mediums or spiritists; do not seek them out, or you will be defiled by them. I am the LORD your God.सन्दर्भ-पदहरू
पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।
तिनीहरूले तिमीहरूलाई भन्नेछन्, “भूत खेलाउने र आत्माहरू खेलाउनेसित सल्लाह लेओ” जसले मन्त्र भन्छन् र गुनगुनाउछन्। तर के मानिसहरूले आफ्नो परमेश्वरसँग सल्लाह लिनुपर्दैन र? के तिनीहरूले जीवितहरूको निम्ति मृतहरूसँग सल्लाह लिनुपर्छ र?मरेकाहरू वा आत्माहरूसँग बोल्ने पुरुष वा स्त्री मारिनुपर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून्। तिनीहरू दोषी छन् र मर्न योग्यका छन्।’”स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार