गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मार्च › मार्च 15
अर्थोडक्स पात्रो · मार्च 2 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 मार्च 15
सोमबार · महान् उपवासको पहिलो हप्ता · स्वर 8
पर्व र सन्तहरू
महान् उपवासको सुरुवात
महान् उपवास
खानाबाट पूर्ण परहेज
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
छैटौँ घडी
1यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन। 2ए आकाश सुन्, र ए पृथ्वी कान थाप्। किनकि परमप्रभु बोल्नुभएको छः “मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्। 3गोरुले आफ्नो मालिक चिन्छ र गधाले आफ्नो मालिकको डूँड चिन्छ, तर इस्राएलले चिन्दैन र इस्राएलले बुझ्दैन।” 4धिक्कार! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्ट रूपले काम गर्नेहरूका सन्तानहरू! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन्। 5तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्पुर्ण टाउको नै बिरामी छ र सम्पुर्ण हृदय नै कमजोर छ। 6शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन। घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन्। ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन्। 7तिमीहरूका देश विनाश भएको छ। तिमीहरूका सहरहरू भष्म पारिएका छन्। तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन्। 8सियोनकी छोरीलाई दाखबारीको कटेरोझैं, काँक्राबारीको छायाझैं र घेरा हालिएको सहरझैं त्यागिएको छ। 9सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्ति थोरै बाँकी रहेका निम्ति नछोड्नुभएको भए, हामी सदोमझैं हुनेथियौं, हामी गमोराझैं हुनेथियौं। 10ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन। ए गमोराका मानिसहरू, हाम्रा परमेश्वरको व्यवस्था सुन। 11परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका असंख्य बलिदानहरू मेरो निम्ति के नै हुन् र? थुमाहरूका होमबलि र मोटा पशुहरूका बोसो मसित प्रशस्त भएको छ। र साँढेहरू, थुमाहरू वा बोकाहरूका रगतमा म खुसी हुन्न। 12तिमीहरू मेरो सामु देखापर्न आउँदा, यसले मेरा चोकहरू कुल्चोस् भन्ने कसको इच्छा छ? 13व्यार्थका बलिदानहरू ल्याउन छोड। धूप मेरो निम्ति घृणित कुरा हो। तिमीहरूका औंसी र सबाथका सभाहरू— यी दुष्ट सभाहरू म सहन सक्दिनँ। 14तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु। ती मेरो निम्ति बोझ हुन्। ती बोहोरेर म थाकिसकेको छु। 15त्यसैले तिमीहरूले प्रार्थनामा आफ्ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्ना आँखा लुकाउँछु। तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्नेछैन। तिमीहरूका हातहरू रगतले भरिएका छन्। 16नुहाओ र आफूलाई शुद्ध पार। मेरो दृष्टिबाट तिमीहरूका सबै दुष्ट कामहरू हटाओ। खराब हुन छोड। 17असल गर्न सिक। न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर।” 18परमप्रभु भन्नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं। तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्तै सेता हुनेछन्। ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्तै हुनेछन्। 19तिमीहरू आज्ञाकारी र इच्छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ, 20तर तिमीहरूले इन्कार गर्यौ र विद्रोह गर्यौ भने, तरवारले तिमीहरूलाई विनाश पार्नेछ” किनकि परमप्रभुको मुखले यसो भन्नुभएको छ।
साँझको प्रार्थना: पाठ
1आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। 2पृथ्वी निराकार र शून्य थियो। समुद्रको सतहमाथि अन्धकार थियो। परमेश्वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। 3परमेश्वरले भन्नुभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो। 4परमेश्वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो। उहाँले उज्यालोलाई अन्धकारबाट छुट्ट्याउनुभयो। 5परमेश्वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो - पहिलो दिन। 6परमेश्वरले भन्नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस्।” 7परमेश्वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो। तब त्यस्तै भयो। 8परमेश्वरले त्यस क्षेत्रलाई “आकाश” भन्नुभयो। साँझ पर्यो र बिहान भयो - दोस्रो दिन। 9परमेश्वरले भन्नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस्।” तब त्यस्तै भयो। 10परमेश्वरले ओभानो जमिनलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो। उहाँले हेर्नुभयो, र त्यो असल थियो। 11परमेश्वरले भन्नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस्।” तब त्यस्तै भयो। 12पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्यो। परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो। 13साँझ पर्यो र बिहान भयो - तेस्रो दिन।
साँझको प्रार्थना: पाठ
1दाऊदका छोरा इस्राएलका राजा सोलोमनको हितोपदेशः 2यी हितोपदेशहरू बुद्धि र निर्देशनक कुराहरू सिकाउन र अन्तर्दृष्टिका वचनहरू सिकाउनलाई हो, 3ताकि जे ठिक, न्यायी र उचित छ त्यो गरेर बाँच्नलाई तिमीले निर्देशन प्राप्त गर्न सक। 4यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन र युवाहरूलाई ज्ञान र समझदारी दिनलाई पनि हो। 5बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्, 6जसद्वारा तिनीहरूले हितोपदेशहरू, दृष्टान्तहरू, बुद्धिमानीहरूका वचनहरू र आहानहरू बुझून्। 7परमप्रभुको भय नै ज्ञानको सुरु हो। मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ। 8हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा। 9ती तेरो शिरमा अनुग्रहको माला हुने छन्, र तेरो गलामा सम्मानको हार हुने छन्। 10हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग्। 11तिनीहरूले भन्लान्, “हामीसित आऊ। उक्तपातको लागि ढुकिबसौँ। विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ। 12स्वस्थहरूलाई पातालले निलेझैँ तिनीहरूलाई जिउँदै निलौँ, र तिनीहरूलाई खाडलमा खस्नेहरूलाई झैँ गरौँ। 13हामीले सबै किसिमका बहुमूल्य थोकहरू पाउने छौँ। तिनीहरूबाट हामीले चोरेका थोकहरूले हामी आफ्ना घरहरू भर्ने छौँ। 14तिमी हामीसित साझेदार होऊ। हामी सबैको एउटै थैलो हुने छ।” 15हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल। तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे। 16तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन्। 17किनकि कुनै पनि पक्षीको दृष्टिमा जाल फ्याँक्नु बेकाम्मा हुन्छ। 18यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन्। तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन्। 19अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन्। अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ। 20बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको मार्च 2 नागरिक पात्रोमा मार्च 15 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार