41इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि शासन गर्न थाले।
42यहोशापातले शासन गर्न थाल्दा तिनी पैँतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्चिस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अजूबा थियो, जो शिल्हीकी छोरी थिइन्।
43तिनी आफ्ना पिता आसाका मार्गमा हिँडे। तिनी तीबाट फर्केनन्। तिनले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे। तथापि डाँडाका थानहरू भने हटाइएनन्। मानिसहरूले डाँडाका थानहरूमा अझै पनि बलिदान चढाउँदै थिए, र धूप बाल्दै थिए।
44यहोशापात इस्राएलका राजासित शान्तिमा रहे।
45के यहोशापातका अरू कार्यहरू, तिनले देखाएका शक्ति र कसरी तिनले युद्ध लडे भन्ने विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
46तिनका पिता आसाको समयसम्म बाँकी रहेका झुटो धर्मसम्बन्धी वेश्याहरूलाई तिनले देशबाट हटाए।
47एदोममा कुनै राजा थिएन, तर त्यहाँ सहायकले शासन गर्थ्यो।
48यहोशापातले समुद्रमा आवात-जावत गर्ने जहाजहरू बनाए। ती सुनको लागि ओपीरमा जानुपर्थ्यो, तर एस्योन-गेबेरमा ध्वंश भएको कारण ती जान सकेनन्।
49तब आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “यी जहाजहरूमा मेरा अधिकारीहरूलाई तपाईंका अधिकारीहरूसँगै जान दिनुहोस्।” तर यहोशापातले अनुमति दिएनन्।
50यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसितै आफ्ना पुर्खा दाऊदको सहरमा गाडिए। तिनको ठाउँमा तिनका छोरा यहोराम राजा भए।