गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › २ कोरिन्थी 6:14
बाइबलको पद · ULB
२ कोरिन्थी 6:14
अविश्वासीहरूसँगै ननारिओ। किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता? अनि ज्योतिको अन्धकारसित के सङ्गति?
पूरा अध्याय पढ्नुहोस्: २ कोरिन्थी 6
सन्दर्भमा
11हे कोरिन्थका विश्वासीहरू हो, हामीले तिमीहरूलाई सबै साँचा कुराहरू बताएका छौँ र हाम्रा हृदयहरू खुला छन्।
12तिमीहरूका हृदय हामीबाट नियन्त्रित छैनन्, तर तिमीहरूका आफ्नै भावनाद्वारा नियन्त्रित छन्।
13अब यसको सट्टामा, म बालकहरूसँग झैँ बोल्दछु, कि आफ्नो हृदयलाई खुला राख।
14अविश्वासीहरूसँगै ननारिओ। किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता? अनि ज्योतिको अन्धकारसित के सङ्गति?
15ख्रीष्टको झुटा बोल्नेहरूसित के सम्झौता? अर्थात्, विश्वासीहरूको अविश्वासीहरूसँग के सहभागिता?
16र परमेश्वरको मन्दिर र मूर्तिहरूबिच के सम्झौता? त्यसकारण, हामीहरू जीवित परमेश्वरका मन्दिर हौँ, जसरी उहाँले भन्नुभएको छः “म तिनीहरूका बिचमा हिँड्नेछु र बास गर्नेछु। म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”
17त्यसकारण, ‘तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,’ परमप्रभु भन्नुहुन्छ। अशुद्ध चिजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु।
अङ्ग्रेजीमा
Do not be unequally yoked with unbelievers. For what partnership can righteousness have with wickedness? Or what fellowship does light have with darkness?सन्दर्भ-पदहरू
पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।
भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ।”तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ।तिमी व्यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्दछ, उसले आफैँलाई परमेश्वरको शत्रु बनाउँछ।तिमीहरूले मेरा आज्ञाहरू मान्नू। आफ्ना पशुहरूलाई अर्कै प्रजातिका पशुसँग मिलन नगराओ। आफ्नो खेतमा दुई प्रकारका बिउहरू नछर। दुई प्रकारको सामग्री मिसिएको कपडा नलगाओ।तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्चर्यकर्महरूको घोषणा गर्न सक। तिमीहरू एक समय परमेश्वरका थिएनौ, तर अब परमेश्वरका प्रजाहरू हौ। तिमीहरूले कृपा पाएका थिएनौ, अहिले परमेश्वरको कृपा पाएका छौ।मैले छली मानिसहरूसित सङ्गत गर्दिनँ, न त म कपटी मानिसहरूसित घुलमिल गर्छु। खराब गर्नेहरूको सभालाई म घृणा गर्छु, र दुष्टहरूसित म बस्दिनँ।तिमीहरूले दाखबारीमा दुई किसिमका बिउ नलागाउनू। नत्रता तिमीहरूले त्यसो गर्यौ भने तिमीहरूले लगाएको बिउ मात्र नभई दाखबारीसमेत अपवित्र हुने छ। गोरु र गधा सँगसँगै नारेर नजोत्नू। ऊन र सुती मिसाएर बनाइएको लुगा नलगाउनू।हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र? म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु। तिनीहरू मेरा शत्रुहरू भएका छन्।स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार