गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › याकूब 1:17
बाइबलको पद · ULB
याकूब 1:17
हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो। ज्योतिका पिताबाट त्यो तल आउँछ। उहाँ बद्लिरहने छायाजस्तो बद्लिनुहुन्न।
पूरा अध्याय पढ्नुहोस्: याकूब 1
सन्दर्भमा
14तर हरेक व्यक्ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ।
15अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ।
16मेरा प्रिय भाइहरू हो, धोकामा नपर।
17हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो। ज्योतिका पिताबाट त्यो तल आउँछ। उहाँ बद्लिरहने छायाजस्तो बद्लिनुहुन्न।
18उहाँले सृष्टि गर्नुभएका सबै कुरामध्ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्नुभयो।
19मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्दछौः हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस्।
20किनभने मानिसको रिसले परमेश्वरको धार्मिकताको काम गर्दैन।
अङ्ग्रेजीमा
Every good and perfect gift is from above, coming down from the Father of the heavenly lights, with whom there is no change or shifting shadow.सन्दर्भ-पदहरू
पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।
यूहन्नाले जवाफ दिए “मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्त गर्न सक्दैन।यसकारण, तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्ता गरेर दिनुहुन्छ?येशू ख्रीष्ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ।फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”परमेश्वर मानिस वा मानव हुनुहुन्न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस्। के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र?किनकि परमप्रभु परमेश्वर हाम्रो सूर्य र ढाल हुनुहुन्छ। परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ। इमानदारितामा हिंड्नेहरूलाई उहाँले कुनै असल थोक रोक्नुहुन्न।हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन।किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन्।स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार