Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › व्यवस्था 31:6

बाइबलको पद · ULB

व्यवस्था 31:6

बलियो र खुबै साहसी होओ। नडराओ र तिनीहरूदेखि भयभीत नहोओ। किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुने छ। उहाँले तिमीहरूलाई छाड्नुहुने छैन, न त त्याग्‍नुहुने छ।”

पूरा अध्याय पढ्नुहोस्: व्यवस्था 31

सन्दर्भमा

3परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने छ। उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूले तिनीहरूलाई धपाउने छौ। परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन्।

4परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ।

5तिमीहरूले तिनीहरूसित युद्धमा जम्काभेट गर्दा परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनहुने छ, र मैले तिमीहरूलाई दिएका सबै आज्ञामुताबिक तिनीहरूलाई गर्नू।

6बलियो र खुबै साहसी होओ। नडराओ र तिनीहरूदेखि भयभीत नहोओ। किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुने छ। उहाँले तिमीहरूलाई छाड्नुहुने छैन, न त त्याग्‍नुहुने छ।”

7मोशाले यहोशूलाई बोलाई सारा इस्राएलको सामुन्‍ने भने, “बलियो र खुबै साहसी होऊ, किनकि यी मानिसहरूलाई दिन्छु भनी परमप्रभुले तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमी यिनीहरूसँगै जाऊ। तिमीहरूले तिनीहरूलाई यसको अधिकार गर्न दिने छौ।

8परमप्रभु तिम्रो अगिअगि जानुहुने छ। उहाँ तिमीसँगै हुनुहुने छ। उहाँले तिमीलाई छाड्नहुने छैन, न त त्याग्‍नुहुने छ। नडराऊ, निरुत्साहित नहोऊ।”

9मोशाले यो व्यवस्था लेखेर लेवीका छोराहरू अर्थात् पुजारीहरूलाई दिए जसले परमप्रभुले करारको सन्दुक बोक्थे। तिनले इस्राएलका सारा धर्म-गुरुलाई पनि यसका प्रतिहरू दिए।

व्यवस्था 31

अङ्ग्रेजीमा

Berean Standard BibleDeuteronomy 31:6Be strong and courageous; do not be afraid or terrified of them, for it is the LORD your God who goes with you; He will never leave you nor forsake you.”

नयाँ करारमा उद्धृत

हिब्रू 13:5तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख। तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ। किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु।”

सन्दर्भ-पदहरू

पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।

यहोशू 1:9के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो। नडरा। निराश नहो। तँ जहाँ गए पनि परमप्रभु परमेश्‍वर तँसँग हुनुहुन्छ।
एफिसि 6:10अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्‍यको शक्तिमा बलियो होओ।
भजनसंग्रह 27:14परमप्रभुको आसा गर। बलियो होओ र तिमीहरूका हृदय उत्साहित होस्। परमप्रभुको आसा गर।
१ इतिहास 28:20दाऊदले आफ्‍ना छोरा सोलोमनलाई भने, “बलियो र साहसी होऊ। यो काम गर। नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ। परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई छोड्‍नुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ।
यशैया 41:10नडरा, किनकि म तँसँग छु। चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ। म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु।
लुका 12:32सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ।
२ तिमोथी 2:1त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ।
भजनसंग्रह 27:1परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ। म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ। म कोसँग त्रसित हुनु?

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार