Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › गलाती 6:7

बाइबलको पद · ULB

गलाती 6:7

धोकामा नपर। परमेश्‍वरको ठट्टा हुँदैन। मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ।

पूरा अध्याय पढ्नुहोस्: गलाती 6

सन्दर्भमा

4हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ। तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैँसँग गर्व गर्ने केही कारण हुन्छ।

5किनकि हरेकले आफ्नो भार आफैँ उठाउनेछ।

6जसलाई वचन सिकाइएको छ, उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ।

7धोकामा नपर। परमेश्‍वरको ठट्टा हुँदैन। मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ।

8किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ।

9हामी असल काम गर्न थकित नहोऔँ, किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौँ।

10त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ। विशेष गरी विश्‍वासको परिवारको निम्ति हामीले भलाइ गरौँ।

गलाती 6

अङ्ग्रेजीमा

Berean Standard BibleGalatians 6:7Do not be deceived: God is not to be mocked. Whatever a man sows, he will reap in return.

सन्दर्भ-पदहरू

पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।

२ कोरिन्थी 9:6यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै कटनी गर्छ।
होशे 10:12आफ्ना निम्ति धार्मिकता छर, अनि करारको विश्‍वस्‍तताको फल कटनी गर। आफ्‍नो बाँझो बारी जोत, किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो।
अय्यूब 4:8जे मैले देखेको छु त्‍यसअनुसार, अधर्म जोत्‍नेहरू र कष्‍ट छर्नेहरूले नै त्यसको कटनी गर्छन्।
रोमी 2:6–10परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ। तर आफ्नै मात्र भलाइ खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ। परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि। तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रिकहरूमाथि।
१ कोरिन्थी 15:33भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ।”
हितोपदेश 11:18दुष्‍ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ।
हितोपदेश 1:31तिनीहरूले तिनीहरूका चालको फल खाने छन्, र तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन्।
एफिसि 5:6तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस्। यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार