गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › एफिसि 4:26–27
बाइबलको पद · ULB
एफिसि 4:26–27
26“रिस गर, तर पाप नगर।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ।
27दुष्टलाई मौका नदेओ।
पूरा अध्याय पढ्नुहोस्: एफिसि 4
सन्दर्भमा
23तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग।
24परमेश्वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर। यो नयाँ मनुष्यतालाई धार्मिकता र सत्यताको पवित्रतामा सृजना गरिएको हो।
25त्यसैले असत्यतालाई त्याग। “सबैले आफ्नो छिमेकीसँग सत्य बोलोस्,” किनभने हामी एकअर्काका सदस्यहरू हौँ।
26“रिस गर, तर पाप नगर।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ।
27दुष्टलाई मौका नदेओ।
28चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। आवश्यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस्।
29तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस्। तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून्।
30र परमेश्वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ। छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ।
अङ्ग्रेजीमा
“Be angry, yet do not sin.” Do not let the sun set upon your anger, and do not give the devil a foothold.पुरानो करारबाट उद्धरण
डरले काम, तर पाप नगर। आफ्नो ओछ्यानमा आफ्नो मनमा ध्यान गर र शान्त होओ। सेलासन्दर्भ-पदहरू
पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।
मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्दछौः हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस्।क्रोधित नहोऊ र निराश नहोऊ। चिन्ता नगर। यसले समस्यामा मात्र पार्छ।सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्टता तिमीहरूले त्याग्नुपर्छ। एकअर्का प्रति दयालु होओ। कृपालु मनका होओ। जसरी ख्रीष्टमा परमेश्वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ।त्यसकारण, परमेश्वरमा आफैँलाई समर्पण गर। शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ।आत्मामा क्रोधित हुन हतार नगर्, किनकि क्रोधले मूर्खहरूको हृदयमा बास गर्छ।धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ।विवेकले मानिसलाई रिसाउन धिमा बनाउँछ, र चित्त दुखाइलाई बेवास्ता गर्नु त्यसको महिमा हो।स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार