Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › एफिसि 5:11

बाइबलको पद · ULB

एफिसि 5:11

अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ। बरु, तिनीहरूलाई प्रकट गर।

पूरा अध्याय पढ्नुहोस्: एफिसि 5

सन्दर्भमा

8किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ। यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड।

9किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ।

10परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ।

11अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ। बरु, तिनीहरूलाई प्रकट गर।

12किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ।

13सबै थोक जब ज्योतिमा आउँछन्, तब ती प्रकट हुन्छन्,

14किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन्। त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ।”

एफिसि 5

अङ्ग्रेजीमा

Berean Standard BibleEphesians 5:11Have no fellowship with the fruitless deeds of darkness, but rather expose them.

सन्दर्भ-पदहरू

पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।

रोमी 13:12रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ। त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ।
१ तिमोथी 5:20पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाकी रहेकाहरू पनि डराऊन्।
२ थेसलोनिकी 3:6अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ।
२ यूहन्ना 1:10–11यदि कोही तिमीकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई तिम्रो घरमा स्वागत नगर र त्यसलाई अभिवादन पनि नगर। किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्‍ट कामहरूमा सहभागी हुन्छ।
रोमी 16:17अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु। तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन्। तिनीहरूदेखि टाढा बस।
२ थेसलोनिकी 3:14यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने, उसको विषयमा ख्याल गर र उसलाई सहभागी नगराओ ताकि ऊ शर्ममा परोस्।
भजनसंग्रह 1:1–2त्यो मानिस धन्यको हो जो दुष्‍टको सल्लाहमा हिंड्दैन वा पापीहरूका मार्गहरूमा खडा हुँदैन वा गिल्‍ला गर्नेहरूको सभामा बस्दैन। तर त्यसको खुसी परमप्रभुको व्यवस्थामा हुन्छ र उहाँको व्यावस्थमा त्यसले दिन र रात मनन् गर्छ।
प्रकाश 18:4त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्‍नु नपरोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार