खोजी गर्नुहोस् › मार्गहरू › अब्राहामको यात्रा
मार्गहरू
अब्राहामको यात्रा
ऊरदेखि कनानसम्म · 12 बिसौनी · सीधा रेखामा ≈ 2,730 कि.मि.
जहाँ रेखाले जमिनको बनोट पछ्याउँछ, त्यहाँ त्यो एक जना विद्वानले पुनर्निर्माण गरेअनुसारको सम्भावित बाटो हो। दूरीहरू बिसौनीहरूबिच सीधा रेखामा छन्, मोटामोटी; पैदल दिनहरू दिनको लगभग 30 कि.मि. मानेर गनिएका छन्।
बिसौनीहरू
- ऊरउत्पत्ति 11:31
तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्निलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए। तर तिनीहरू हारानमा आए र त्यहाँ नै बसे।
- हारानउत्पत्ति 11:31
तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्निलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए। तर तिनीहरू हारानमा आए र त्यहाँ नै बसे।
- शकेमउत्पत्ति 12:6
अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए। त्यस बेला त्यो भूमिमा कनानीहरू बस्थे।
- बेथेलउत्पत्ति 12:8
त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे। त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे।
- मिश्रउत्पत्ति 12:10
त्यो भूमिमा अनिकाल लागेको थियो, यसैले अब्राम बस्नलाई मिश्रतिर झरे (गए), किनकि त्यो भूमिमा निकै अनिकाल लागेको थियो।
- बेथेलउत्पत्ति 13:3
तिनी नेगेवबाट बेथेतिर गइरहे, जहाँ पहिले तिनको पाल थियो, त्यो बेथेल र ऐको बिचमा थियो।
- हेब्रोनउत्पत्ति 13:18
यसैले अब्रामले आफ्नो पाल उठाए र मम्रेका फलाँटका रूखहरू नजिकै बसोबास गरे, जुन हेब्रोन थियो र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी निर्माण गरे।
- गराउत्पत्ति 20:1
अब्राहाम त्यहाँबाट नेगेवको भूमितर्फ गए, र कादेश र शूरको बिचमा बसे। उनी गरारमा बसोबास गर्ने एक परदेशी थिए।
- बेर्शेबाउत्पत्ति 21:31
यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए।
- मोरीयाहउत्पत्ति 22:2
त्यसपछि परमेश्वरले भन्नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा। त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्, जुन म तँलाई बताउनेछु।”
- बेर्शेबाउत्पत्ति 22:19
त्यसैले अब्राहाम आफ्ना जवान मानिसहरूकहाँ फर्केर आए, र तिनीहरू बेर्शेबासम्म सँगसँगै गए, अनि उनी बेर्शेबामा बसोबास गरे।
- हेब्रोनउत्पत्ति 23:2
सारा कनान देशको किर्यत-अर्बा अर्थात् हेब्रोनमा मरिन्। अब्राहामले साराको निम्ति शोक र विलाप गरे।
रेखाहरूले पडावहरूलाई पाठको क्रममा जोड्छन्। जहाँ रेखा जमिनको बनोट पछ्याउँछ, त्यो एक विद्वान्ले पुनर्निर्माण गरेको सम्भावित बाटो हो; अरू ठाउँमा सिधा रेखा — बाटो थाहा छैन। दूरीहरू पडावहरूबीच सिधा रेखामा छन्। टुक्रे रेखा: जहाजबाट। फिक्का: स्थान अनिश्चित।
हरेक बिन्दु सबैभन्दा सम्भावित स्थान हो; फिक्का बिन्दुको अर्थ पहिचान अनिश्चित छ। स्थान थाहा नभएका ठाउँहरू नक्सामा छैनन्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · UBS Bible Routes, Dr Leen Ritmeyer © United Bible Societies 2023, CC BY-SA 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार