गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जुन › जुन 13
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 जुन 13
आइतबार · सामान्य कालको 11औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 11औँ आइतबार
आइतबार · धर्मविधिको रङ: हरियो
दिनका पाठहरू
पहिलो पाठ
22परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'यसैले त्यो देवदारुको सबैभन्दा टुप्पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्नेछु। त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्च पर्वतमा रोप्नेछु। 23त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्नेछु, ताकि त्यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्यो एउटा सुन्दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्न सकोस्। त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून्। 24तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्नेछन्। म अग्लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्गो बनाउनेछु। पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु। म परमप्रभु हुँ। मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु। अनि मैले यो गरेको छु।
प्रत्युत्तर भजन
1हे सर्वोच्च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो, 2बिहानमा तपाईंको करारको विश्वस्तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु, 12धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन्। तिनीहरू लेबनानको देवदारुझैं बढ्नेछन्। 13तिनीहरूलाई परमप्रभुको मन्दिरमा रोपिएका छन्। तिनीहरू हाम्रो परमेश्वरको मन्दिरमा चोकमा मौलाउनेछन्। 14ती बुढा हुँदा पनि तिनले फल फलाउँछन्। ती ताजा र हरिया नै रहन्छन्, 15त्यसले परमप्रभु न्यायी हुनुहुन्छ भनी देखाउँछ। उहाँ मेरो चट्टान हुनुहुन्छ र उहाँमा कुनै अधर्म छैन।
दोस्रो पाठ
6त्यसैले, सधैँ विश्वस्त रहो। यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौँ, हामी परमेश्वरबाट टाढा रहन्छौँ। 7हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन। 8त्यसैले, हामी विश्वस्त छौँ। हामी शरीरबाट टाढा रहेर प्रभुसँग हुन रुचाउँछौँ। 9त्यसैले, घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्न पार्नु हो। 10किनकि हामी सबै ख्रीष्टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस्।
सुसमाचार
26येशूले भन्नुभयो, “परमेश्वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो। 27ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्ने उसले नजाने पनि बिउ उम्रन्छ र बढ्छ। 28जमिन आफैँले अन्न (फल) फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्न पाक्छ। 29जब अन्न पाक्छ, तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ।” 30उहाँले भन्नुभयो, “हामीले परमेश्वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्टान्त प्रयोग गर्न सकिन्छ? 31यो रायोको (तोरीको) बिउजस्तो हो। यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ। 32तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बिरुवाभन्दा ठुलो हुन्छ। यसमा ठुला हाँगाहरू पलाउँछ, ताकि आकाशमा उड्ने चराहरूले त्यसको छहारीमा गुँड बनाउन सकून्। 33यस्ता धेरै दृष्टान्तद्वारा तिनीहरूले बुझ्न सक्नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो। 34अनि उहाँले दृष्टान्तविना केही बताउनुभएन। तर उहाँ गुप्तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो।
आजका सन्तहरू
- पादुआका सन्त एन्थोनी, पुरोहित र मण्डलीका आचार्य
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार