Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मार्च › मार्च 25

अर्थोडक्स पात्रो · मार्च 12 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 मार्च 25

बिहीबार · महान् उपवासको दोस्रो हप्ता · स्वर 1

पर्व र सन्तहरू

Venerable Theophanes the Confessor of Sigriane († 818)

महान् उपवास

कडा उपवास (सुक्खा खाना: रोटी, तरकारी, फलफूल)

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

छैटौँ घडी

यशैया 6:1–12

1उज्‍जियाह राजाको मृत्यु भएको वर्षमा मैले परमप्रभुलाई सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँ उच्‍च र उचालिएको हुनुहुन्थ्यो, अनि उहाँको पोशाकको छेउले मन्दिर नै ढाकेको थियो। 2उहाँ माथिल्तिर सराफहरू थिए। प्रत्‍येकका छ-छवटा पखेटाहरू थिए। दुई वटा पखेटाहरूले प्रत्‍येकले आफ्नो मुहार छोप्थे र दुई वटा पखेटाले तिनले आफ्‍ना खुट्टा छोप्थे र दुई वटाले ती उड्थे। 3प्रत्‍येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” 4ती कराइरहेकाहरूको आवाजले सँघारका जगहरू हल्लिए र मन्‍दिर धूँवाले भरिएको थियो। 5तब मैले भने, “मलाई धिक्‍कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!” 6तब सराफहरूमध्ये एउटा उडेर मकहाँ आए। उनको हातमा बलिरहेको भुङ्‍ग्रो थियो, जसलाई उनले वेदीबाट चिम्टाले निकालेका थिए। 7त्यसले उनले मेरो ओठ छोए र भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। तिम्रा दोषहरू हटाइएका छन् र तिम्रा पापको प्रायश्‍चि गरिएको छ।” 8मैले परमप्रभुको यसो भन्‍ने आवाज सुनें, “म कसलाई पठाऊँ। हाम्रा निम्ति को जान्छ?” तब मैले भनें, “म यहाँ छु। मलाई पठाउनुहोस्।” 9उहाँले भन्‍नुभयो, “जाऊ, यी मानिहरूलाई भन, 'सुन्‍छौ, तर बुझ्दैनौ। हेर्छौ, तर थाहा पाउँदैनौ।' 10यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बैरो बनाऊ र तिनीहरूका आँखालाई अन्‍धो बनाऊ। अन्‍यथा तिनीहरूका आफ्नो आँखाले देख्‍लान्, तिनीहरूका कानले सुन्‍लान् र तिनीहरूका हृदयले बुझ्‍लान् र तब फर्केर निको होलान्।” 11तब मैले भने, “हे परमप्रभु, कहिलेसम्म?” उहाँले जवाफ दिनुभयो, “बासिन्दाविनाका भग्‍नावशेष सहरहरू ध्‍वस्‍त नहुन्‍जेल र मानिसविनाका घरहरू नहुन्‍जेल, र देश उजाड नहुन्‍जेल, 12अनि परमप्रभुले मानिसहरूलाई टाढा नपठाउन्‍जेल र देश ठुलो निर्जन नहुन्‍जेलसम्‍म।

साँझको प्रार्थना: पाठ

उत्पत्ति 5:1–24

1आदमका सन्तानहरूका विवरण यही हो। परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो। 2उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो। उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो। 3आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे। 4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे। तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे। 6शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए। 7तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 8शेत ९१२ वर्ष बाँचे र तिनी मरे। 9एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए। 10तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 11एनोश ९०५ वर्ष बाँचे र तिनी मरे। 12केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए। 13तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 14केनान ९१० वर्ष बाँचे र तिनी मरे। 15महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए। 16तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे। 18येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए। 19तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 20येरेद ९६२ बाँचे र तिनी मरे। 21हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए। 22हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे। 23तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 24हनोक परमेश्‍वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्‍वरले तिनलाई लानुभयो।

साँझको प्रार्थना: पाठ

हितोपदेश 6:3–20

3हे मेरो छोरो, तेरो वचनद्वारा तँ पक्राउ पर्दा यसो गरेर आफैलाई बचा, किनकि तँ तेरो छिमेकीको हातमा परिसकेको छस्। गएर आफैलाई विनम्र तुल्या, र तेरो छिमेकीको सामु आफ्नो मामला राख। 4आँखामा निद्रा पर्न नदे, र तेरा पलकलाई बन्द हुन नदे। 5सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा। 6ए अल्छे मानिस, कमिलालाई हेर्। त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन्। 7त्यसको कुनै अगुवा, हाकिम वा शासक हुँदैन, 8तरै पनि ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ। 9ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्‍ने छस्? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस्? 10क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले 11गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ। 12बेकम्मा व्यक्ति अर्थात् दुष्‍ट मानिस आफ्नो जाली बोलिवचनद्वारा जिउँछ। 13त्यसले आफ्ना आँखा झिम्काउँछ, आफ्नो खुट्टाले सङ्केत गर्छ र आफ्ना औँलाले इसारा गर्छ। 14त्यसले आफ्नो हृदयमा छल राखेर दुष्‍ट योजना बनाउँछ। त्यसले सधैँ विवाद निम्त्याउँछ। 15त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ। क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ। 16छवटा कुरा छन् जसलाई परमप्रभु घृणा गर्नुहुन्छ, र सातौचाहिँ उहाँको लागि घिनलाग्दो छ। 17अहङ्कारी व्यक्तिका आँखा, झुट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात, 18दुष्‍ट योजनाहरू रच्ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा, 19झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस। 20हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग्।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको मार्च 12 नागरिक पात्रोमा मार्च 25 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार