खोजी गर्नुहोस् › तीर्थयात्रीहरू › एक हप्तामा पवित्र भूमि › सन्त पत्रुसको प्रधानताको गिर्जा
एक हप्तामा पवित्र भूमि · बिसौनी 19 · दिन 6
सन्त पत्रुसको प्रधानताको गिर्जा
बाइबलमा
पुनरुत्थानपछि येशू बिहान सबेरै किनारमा उभिनुभयो; चेलाहरूले धेरै माछा समाते, कोइलाको आगोछेउ उहाँसँग खाए, र उहाँले पत्रुसलाई तीन पटक सोध्नुभयो, “के तिमी मलाई प्रेम गर्छौ?”
अब बिहान सबेरै थियो। येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन्। त्यसैले, येशूले तिनीहरूलाई भन्नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्न सकेनन्। तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्ने सुने, तिनले तिनको बाहिरी वस्त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले। अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए। जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ।” तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए। त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन। येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, र खाजा खाओ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्ने साहस गरेन। येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो। मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो। तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ।” उहाँले तिनलाई फेरि दोस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूको हेरचाह गर।” उहाँले तिनलाई तेस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्नुभएको थियो। तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ।”परम्परा
परम्पराअनुसार, प्रार्थनाकक्षको समतल चट्टान, जसलाई मेन्सा क्रिस्ती (ख्रीष्टको टेबल) भनिन्छ, त्यही ठाउँ हो जहाँ येशूले चेलाहरूका लागि भोजन तयार पार्नुभयो।
आज यहाँ
पानीको किनारमा, एउटा पुरानो गिर्जाको ठाउँमा, 1933 को कालो बेसाल्टको सानो प्रार्थनाकक्ष; चट्टानमा काटिएका खुड्किलाहरू तालमा झर्छन्।
पुराना तीर्थयात्रीहरूका आँखाबाट
र त्यहाँनजिकै तिबेरियासको त्यस समुद्रको छेउमा पहाडमुनि एउटा ठाउँ छ, र त्यस ठाउँमा ख्रीष्ट पुनरुत्थानपछि तेस्रो पटक आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो … र तिनीहरूले जालछेउ आगो र रोटी, र त्यसमा पकाइएको माछा देखे … त्यहाँ पवित्र प्रेरितहरूको नाममा एउटा गिर्जा बनाइएको छ।मठाधीश दानिएल, 1106–1108 · हाम्रो अनुवाद
यात्रा गर्नुअघि आफ्नो देशको यात्रा सल्लाह जाँच्नुहोस्। खुल्ने समय र ठाउँहरूका नियम बदलिन्छन् — तिनका आधिकारिक पृष्ठहरू हेर्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार