खोजी गर्नुहोस् › तीर्थयात्रीहरू › एक हप्तामा पवित्र भूमि › गालील समुद्र
एक हप्तामा पवित्र भूमि · बिसौनी 21 · दिन 6
गालील समुद्र
समुद्र सतहभन्दा 214 मि. तल

बाइबलमा
ताल पार गर्दा, आँधीको बेला येशू डुङ्गाको पछाडिपट्टि सुतिरहनुभएको थियो, र उहाँले बतास र छालहरूलाई शान्त पार्नुभयो। अर्को रात उहाँ समुद्रमाथि हिँड्दै चेलाहरूकहाँ आउनुभयो, र पत्रुस डुङ्गाबाट बाहिर निस्के।
त्यो दिन जब साँझ पर्यो, उहाँले तिनीहरूलाई भन्नुभयो, “तालको पारिपट्टि जाऔँ।” त्यसैले, तिनीहरूले येशूलाई साथैमा लिएर त्यो भिडलाई छोडी राखेर गए, किनकि उहाँ पहिले नै डुङ्गामा हुनुहुन्थ्यो। उहाँसँग अरू डुङ्गाहरू पनि साथमा थिए। त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो। तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्त निदाउनुभएको थियो। तिनीहरूले भने, “गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन?” अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्नुभयो, “शान्त हो र रोकिजा।” अनि बतास चल्न रोकियो र त्यहाँ सन्नाटा छायो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन डराएको? के तिमीहरूसँग अझै विश्वास छैन?” तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन्?”बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्च्याउन थाले। तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “ढाडस गर! मै हुँ! नडराओ।” पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमा आउनलाई आदेश दिनुहोस्।” येशूले भन्नुभयो, “आऊ।” त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे।आज यहाँ
समुद्र सतहभन्दा 200 मिटरभन्दा बढी तल रहेको मीठो पानीको ताल; डुङ्गाहरू तिबेरियास र गिनोसारबाट चल्छन्, जहाँ 1986 मा भेटिएको येशूको समयको माछा मार्ने डुङ्गा देखाइन्छ।
पुराना तीर्थयात्रीहरूका आँखाबाट
ताराको उज्यालोमा गालीलको कुनै सिमाना छैन, आकाशको फराकिलो घेराबाहेक, र यो महान् घटनाहरूका लागि योग्य रङ्गमञ्च हो; संसारलाई बचाउन सक्ने धर्मको जन्मका लागि योग्य; र यसको मञ्चमा उभिएर यसका उच्च आदेशहरू घोषणा गर्न नियुक्त भव्य व्यक्तित्वका लागि योग्य।मार्क ट्वेन, The Innocents Abroad, 1869 · हाम्रो अनुवाद
तिबेरियासको समुद्रलाई तालझैँ चारैतिर घुमेर हिँड्न सकिन्छ, र यसको पानी धेरै मीठो छ … यो 50 भेर्स्ट लामो र 20 चौडा छ। यसमा धेरै माछाहरू छन्, र त्यहाँ एउटा माछा छ, अद्भुत र अचम्मको … आकारमा यो सानो कार्पजस्तो छ; र सहरमा रहँदा मैले आफैँ त्यो माछा धेरै पटक खाएँ।मठाधीश दानिएल, 1106–1108 · हाम्रो अनुवाद
यात्रा गर्नुअघि आफ्नो देशको यात्रा सल्लाह जाँच्नुहोस्। खुल्ने समय र ठाउँहरूका नियम बदलिन्छन् — तिनका आधिकारिक पृष्ठहरू हेर्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार