खोजी गर्नुहोस् › तीर्थयात्रीहरू › यर्दनपारि: बप्तिस्माको ठाउँ र नेबो डाँडा › यब्बोकमा पनूएल
यर्दनपारि: बप्तिस्माको ठाउँ र नेबो डाँडा · बिसौनी 8 · दिन 3
यब्बोकमा पनूएल
बाइबलमा
याकूबले आफ्नो परिवारलाई यब्बोकको घाट पार गराए र एक्लै रहे; एक जना मानिसले बिहान नहुन्जेल तिनीसँग कुस्ती खेले, र याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे।
रातमा याकूब निद्राबाट ब्युँझे। आफ्ना दुई पत्नी, तिनीहरूका कमारीहरू र एघार जना छोरा लिएर तिनी प्रस्थान गरे। तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए। यसरी तिनले आफ्ना सबै सम्पत्ति खोला पारि पठाए। याकूब एक्लै रहे, र एक जना मानिसले तिनीसित सूर्योदय नभएसम्म कुस्ती खेले। ती मानिसले याकूबलाई जित्न नसक्ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे। याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो। ती मानिसले भने, “मलाई जान देऊ किनकि उज्यालो हुँदै छ।” याकूबले भने, “तपाईंले मलाई आशिष् नदिउञ्जेलसम्म म तपाईंलाई जान दिन्नँ।” ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब।” ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ। किनकि तिमीले परमेश्वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ।” याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस्।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए। याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ।” याकूबले पनीएल पार गर्दा सूर्योदय भइसकेको थियो। तिनको कम्मरको कारणले गर्दा तिनी खोच्याएर हिँड्दै थिए।परम्परा
पनूएल कहाँ थियो भन्ने निश्चित छैन; एउटा मतले यसलाई प्राचीन यब्बोक, जर्का नदीमाथिको तुलुल अध-धहबका जुम्ल्याहा पहाडहरूमा राख्छ।
आज यहाँ
जर्काको हरियो बेँसीमाथि छरिएका भग्नावशेषहरू भएका दुई पहाड; यहाँ कुनै गिर्जा वा पूजास्थल छैन, केवल नदी र दृश्य।
यात्रा गर्नुअघि आफ्नो देशको यात्रा सल्लाह जाँच्नुहोस्। खुल्ने समय र ठाउँहरूका नियम बदलिन्छन् — तिनका आधिकारिक पृष्ठहरू हेर्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार