गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › रोमी 12:19
बाइबलको पद · ULB
रोमी 12:19
प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्नुहुन्छ।
पूरा अध्याय पढ्नुहोस्: रोमी 12
सन्दर्भमा
16एक अर्काप्रति एउटै मनका होओ। अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर। आफ्नै विचारमा बुद्धिमान् नहोओ।
17खराबीको सट्टा खराबी नगर। सबै मानिसको नजरमा असल गर।
18सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस।
19प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्नुहुन्छ।
20“तर तिम्रो शत्रु भोकाएको छ भने, उसलाई खान देऊ। ऊ तिर्खाएको छ भने, उसलाई पिउन देऊ। किनकि तिमीले यसो गर्यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ।”
21खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
अङ्ग्रेजीमा
Do not avenge yourselves, beloved, but leave room for God’s wrath. For it is written: “Vengeance is Mine; I will repay, says the Lord.”पुरानो करारबाट उद्धरण
बदला लिने काम मेरो हो र तिनीहरूको खुट्टा चिप्लिएको ठिक समयमा म नै प्रतिशोध लिने छु।सन्दर्भ-पदहरू
पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।
किनकि यसो भन्नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ।”यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु। त्यसले मलाई गरेको साटो म लिने छु।”यसो नभन्, “म यस खराबीको बदला लिने छु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटकारा दिनुहुने छ।यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ।तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; श्राप नदेओ।बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू। म परमप्रभु हुँ।स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार