गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › १ तिमोथी 6:10
बाइबलको पद · ULB
१ तिमोथी 6:10
रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो। यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन्।
पूरा अध्याय पढ्नुहोस्: १ तिमोथी 6
सन्दर्भमा
7किनभने हामीले संसारमा केही ल्याउनौँ। न त केही लान नै सक्ने छौँ।
8बरू हामीसँग भएको खानेकुरा र कपडाहरूमा सन्तुष्ट होऔँ।
9अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्छन्। तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन्।
10रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो। यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन्।
11तर तिमी, परमेश्वरका जन, यी कुराहरूबाट भाग। धार्मिकता, भक्ति, विश्वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग।
12विश्वासको उत्तम लडाई लड। अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ। यो धेरै गवाहाहरूको सामु जे असल छ त्यसको बारेमा तिमीले गवाहीको बारेमा थियो।
13सबै कुराहरूलाई अस्तित्वमा ल्याउनु हुने परमेश्वर र पन्तियस पिलातसको अघि सत्य कुरा बोल्नुहुने ख्रीष्ट येशूको अगाडि म तिमिलाई यो आज्ञा गर्दछु।
अङ्ग्रेजीमा
For the love of money is the root of all kinds of evil. By craving it, some have wandered away from the faith and pierced themselves with many sorrows.सन्दर्भ-पदहरू
पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।
अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन्। अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ।दुष्टलाई धेरै दुःखहरू हुन्छन्, तर परमप्रभुमा भरोसा गर्नेलाई उहाँको करारको विश्वस्तताले घेरा हाल्छ।तिनीहरूले तिनीहरूका चालको फल खाने छन्, र तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन्।तिनीहरूलाई रोक्न आवश्यक छ। तिनीहरूले निर्लज्ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँछन् र सम्पूर्ण परिवारलाई बर्वाद पारि दिन्छन्।ती कुकुरहरू निकै भोकाएका छन्। तिनीहरू कहिल्यै अघाउँदैनन्। तिनीहरू समझ नबइका गोठालाहरू हुन्। तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन्, प्रत्येक व्यक्तिले अन्यायपुर्ण लाभको निम्ति लालच गर्छ।धिक्कार तिनीहरूलाई! किनकि तिनीहरू कयिनको मार्गमा हिँडेका छन्, र लाभको निम्ति बालामले गरेको भुलमा सामेल भएका छन्। तिनीहरू कोरहको विद्रोहमा नष्ट भएका छन्।तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन्। तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्न? हामीमाथि कुनै खराबी आइपर्नेछैन।”स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार