गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › १ तिमोथी 4:1
बाइबलको पद · ULB
१ तिमोथी 4:1
अहिले आत्माले प्रष्टसँग भन्नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन्।
पूरा अध्याय पढ्नुहोस्: १ तिमोथी 4
सन्दर्भमा
1अहिले आत्माले प्रष्टसँग भन्नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन्।
2झूटा कपटहरू ध्यान दिनेछन्। तिनीहरूको आफ्नै विवेक तातो फलामले दामिनेछ।
3तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्ने विश्वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्वरले सृष्टि गर्नुभयो।
4किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक चिज असल छ। हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनु हुन्न।
अङ्ग्रेजीमा
Now the Spirit expressly states that in later times some will abandon the faith to follow deceitful spirits and the teachings of demons,सन्दर्भ-पदहरू
पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।
इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन्। तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन्। तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन्।किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्। तिनीहरूले ख्रीष्टको प्रेरितको भेस धारण गर्छन्। र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ। यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने, यो अचम्मको कुरा होइन। तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ।उनीहरूले तिमीहरूलाई यसो भने, “अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै ईश्वरहीन अभिलाषाहरूलाई पछ्याउँछन्।”पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू तिमीहरूलाई गिल्ला गर्दै र आफ्नै इच्छामा हिँड्दै आउनेछन्।किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्त रूपमा घुसेका छन्। यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए। यी परमेश्वरको भय नमान्ने मानिसहरू हुन् जसले परमेश्वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्ट पार्दछन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्टलाई इन्कार गर्दछन्।तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको छ।दुष्ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्ट पारिन्छन्।हामी परमेश्वरका हौँ। जसले परमेश्वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ। जो परमेश्वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन। यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ।स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार