Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › तीर्थयात्रीहरू › ग्रीसमा पावल › फिलिप्पी: फोरम र पावलको झ्यालखाना

ग्रीसमा पावल · बिसौनी 3 · दिन 1

फिलिप्पी: फोरम र पावलको झ्यालखाना

बाइबलमा

पावल र सिलासलाई घिसार्दै बजारमा लगियो, पिटियो र झ्यालखानामा हालियो; मध्यरातमा तिनीहरू भजन गाउँदै गर्दा भुइँचालोले झ्यालखानाका ढोकाहरू खोलिदियो। पछि पावलले यहाँका सन्तहरूलाई पत्र लेखे।

प्रेरित 16:19–26जब त्यस स्‍त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्‍नेभयो भन्‍ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे। तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन्। यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन्, जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन्।” त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए। तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए। आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे। मध्यरातमा पावल र सिलास परमेश्‍वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए। अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए। तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए।
फिलिप्पी 1:1ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई।

परम्परा

प्रारम्भिक ख्रीष्टियन समयदेखि फोरमको छेउको एउटा सानो रोमी तहखानालाई पावलको झ्यालखाना भनेर देखाइन्छ; सम्भवतः त्यो पानी-कुण्ड थियो। 4औँ शताब्दीमा यहाँको एउटा प्रारम्भिक गिर्जा पावललाई समर्पित गरिएको थियो।

आज यहाँ

भिया इग्नाटियाको छेउमा उत्खननहरू: 2औँ शताब्दीको फोरम, रङ्गशाला, अष्टकोण गिर्जा र ठूला बासिलिकाहरू; विश्व सम्पदा स्थल।

यात्रा गर्नुअघि आफ्नो देशको यात्रा सल्लाह जाँच्नुहोस्। खुल्ने समय र ठाउँहरूका नियम बदलिन्छन् — तिनका आधिकारिक पृष्ठहरू हेर्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार