Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › तीर्थयात्रीहरू › प्रकाशका सात मण्डली र पत्मोस › आर्टेमिस (डायना) को मन्दिर

प्रकाशका सात मण्डली र पत्मोस · बिसौनी 2 · दिन 1

आर्टेमिस (डायना) को मन्दिर

बाइबलमा

डायनाका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई उक्साए; नगर-सचिवले एफिससलाई महान् डायनाको मन्दिरको रक्षक भने।

प्रेरित 19:24–28डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे। त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ। तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ। उसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ। त्यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ।” यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन्!”
प्रेरित 19:35तब नगर-सचिवले भिडलाई शान्त गराएर भने, “एफिससका मानिसहरू हो! एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र?

आज यहाँ

कुनै समय संसारका सात आश्चर्यमध्ये एक; अहिले टुक्राहरूबाट फेरि खडा गरिएको एउटै स्तम्भ सेल्चुकमुनिको दलदले खेतमा उभिएको छ।

यात्रा गर्नुअघि आफ्नो देशको यात्रा सल्लाह जाँच्नुहोस्। खुल्ने समय र ठाउँहरूका नियम बदलिन्छन् — तिनका आधिकारिक पृष्ठहरू हेर्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार