खोजी गर्नुहोस् › तीर्थयात्रीहरू › प्रकाशका सात मण्डली र पत्मोस › एफिसस
प्रकाशका सात मण्डली र पत्मोस · बिसौनी 1 · दिन 1
एफिसस

बाइबलमा
पावलले यहाँ दुई वर्षभन्दा बढी सिकाए; डायनाको विषयमा भएको दङ्गाले रङ्गशाला भरियो। सात पत्रमध्ये पहिलो एफिससलाई हो: तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ।
पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए। उनले परमेश्वरको राज्यको बारेमा मानिसहरूसँग बहस गरे र विश्वास दिलाए। तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्टको मार्गको विरुद्धमा भिडहरूका सामु दुष्ट कुरा बोल्न थाले। यसकारण पावलले उनीहरूलाई छोडे र विश्वासहरूलाई लिएर त्यहाँबाट गए। उनले टुरान्नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले। यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने।यसरी सहरका सबै मानिसहरू अलमलमा परे। अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्गशालाभित्र दौडे। पावल पनि त्यस भिडमा जान चाहन्थे, तर चेलाहरूले उनलाई रोके। साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्यस भिडमा नआउन अनुरोध गर्दै खबर पठाए। केही मानिसहरू एउटा कुरा भन्दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भिडका मानिसहरू अलमलमा थिए। धेरै मानिसहरूलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्ने कुरा समेत थाहा थिएन। यहूदीहरूले एलेक्जेन्डरलाई भिडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भिडलाई केही कुरा बुझाउन बोल्न लागे। तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म “एफिसीहरूकी देवी डायना महान् छिन्!” भन्दै चिच्याए।“एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन्। तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ। तिमीले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ। आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ। मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ। तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छः तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ।आज यहाँ
उत्खनन गरिएका ठूला रोमी सहरहरूमध्ये एक: संगमरमरको सडक, सेल्सियसको पुस्तकालय, दङ्गा भएको रङ्गशाला र भिरालोका घरहरू।
पुराना तीर्थयात्रीहरूका आँखाबाट
धर्मशास्त्र पढेर विश्वास गर्न सकिन्छ, तर त्यहाँको भत्केको रङ्गशालामा गएर उभिएर, पावलका साथीहरूलाई घेरेर एकै स्वरमा, “एफिसीहरूकी डायना महान् हुन्!” भनी कराउने लोप भएका भीडहरूले त्यसलाई कल्पनामा फेरि भर्न सकिँदैन।मार्क ट्वेन, The Innocents Abroad, 1869 · हाम्रो अनुवाद
यात्रा गर्नुअघि आफ्नो देशको यात्रा सल्लाह जाँच्नुहोस्। खुल्ने समय र ठाउँहरूका नियम बदलिन्छन् — तिनका आधिकारिक पृष्ठहरू हेर्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार