Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › प्रलोभन

कठिन समय

प्रलोभन बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 12 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

१ कोरिन्थी 10:13मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ। तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ। उहाँले तिमीहरूलाई तिमीहरूको शक्‍तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न। तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ।
मत्ती 26:41जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर। आत्मा त तयार छ, तर शरीर भने कमजोर छ।”
याकूब 4:7त्यसकारण, परमेश्‍वरमा आफैँलाई समर्पण गर। शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्‍नेछ।
हिब्रू 2:18किनभने येशू आफैँले दुःख भोग्‍नुभयो, र परीक्षित हुनुभयो; उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्‍नुहुन्छ।
मत्ती 6:13र हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस्। किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्। आमेन।’
एफिसि 6:11परमेश्‍वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक।
याकूब 1:12त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ। किनभने परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ।
लुका 22:40जब तिनीहरू आइपुगे, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर।”
१ तिमोथी 6:9अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन्। तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन्।
१ कोरिन्थी 6:18यौन अनैतिकतादेखि भाग! कुनै पनि व्यक्‍तिले गरेका अन्य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ, तर यौन अनैतिकताको पाप गर्नेले उसको आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।
हिब्रू 4:15किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पुजारी हुनुहुन्‍न। त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ।
मर्कूस 14:38जागा रहो र परीक्षामा नपरौँ भनी प्रार्थना गर। वास्तवमा आत्मा त तत्पर छ, शरीर कमजोर छ।”

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार