Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › हितोपदेश 3:5–6

बाइबलको पद · ULB

हितोपदेश 3:5–6

5तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर्।

6तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ।

पूरा अध्याय पढ्नुहोस्: हितोपदेश 3

सन्दर्भमा

2किनकि तिनले तेरो आयु लामो बनाउने छन्, र शान्ति ल्याउने छन्।

3करारको विश्‍वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून्। तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध्। तिनलाई तेरो हृदयको पाटीमा लेख्।

4तब तैँले परमेश्‍वर र मानिसको दृष्‍टिमा निगाह पाउने छस्, र ख्याति कमाउने छस्।

5तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर्।

6तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ।

7तेरो आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन्। परमप्रभुको भय मान्, र खराबीबाट फर्की।

8यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ।

9तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर्।

हितोपदेश 3

अङ्ग्रेजीमा

Berean Standard BibleProverbs 3:5–6Trust in the LORD with all your heart, and lean not on your own understanding; in all your ways acknowledge Him, and He will make your paths straight.

सन्दर्भ-पदहरू

पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।

भजनसंग्रह 37:5आफ्ना मार्गहरू परमप्रभुलाई देऊ। उहाँमा भरोसा गर र उहाँले तिम्रो निम्‍ति काम गर्नुहुनेछ।
यर्मिया 17:7–8तर परमप्रभुमा भरोस गर्ने व्यक्ति धन्यको हो, किनकि परमप्रभु नै त्यसको दृढताको कारण हुनुहुन्छ। त्यो पानीको छेउमा रोपिएको बिरुवाजस्तै हुनेछ। यसका जरा खोलाको किनारमा फैलिएको हुनेछन्। जब ताप आउँछ तब त्‍यो डराउनेछैन, किनकि यसका पात सधैं हरिया हुन्छन्। खडेरीको वर्षमा यो चिन्तित हुँदैन, र यसले फल फलाउन छोड्‍दैन।
हितोपदेश 28:26आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ।
भजनसंग्रह 37:3परमप्रभुमा भरोसा राख र जे असल छ सो गर। देशमा बसोवास गर र विश्‍वस्‍ततामा उपभोग गर।
भजनसंग्रह 62:8ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर। उहाँमा आफ्नो हृदय पोखाओ। परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्छ। सेला
यशैया 26:3–4तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्‍नुहुनेछ, किनकि उसले तपाईंमा विश्‍वास गर्छ। सदासर्वदा परमप्रभु विश्‍वास गर। किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ।
यशैया 12:2हेर, परमेश्‍वर मेरो मुक्‍ति हुनुहुन्छ। म भरोसा गर्नेछु र डराउनेछैन, किन परमप्रभु नै, हो परमप्रभु नै मेरो बल र गीत हुनुहुन्छ। उहाँ मेरो मुक्‍ति हुनुभएको छ।”
भजनसंग्रह 37:7परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर। आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार