गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › यहोशू 1:9
बाइबलको पद · ULB
यहोशू 1:9
के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो। नडरा। निराश नहो। तँ जहाँ गए पनि परमप्रभु परमेश्वर तँसँग हुनुहुन्छ।
पूरा अध्याय पढ्नुहोस्: यहोशू 1
सन्दर्भमा
6बलियो र साहसी हो। तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउने छस्।
7बलियो हो र खुबै साहसी हो। मेरा दास मोशाले पालन गर्न तँलाई आज्ञा गरेका सबै व्यवस्था सावधानीसाथ पालन गर्। यसबाट दाहिनेतिर वा देब्रेतिर नलाग्, ताकि तँ जहाँ गए तापनि सफल हुन सक्ने छस्।
8तैँले व्यवस्थाको यो पुस्तकबारे सदैव चर्चा गर्ने छस्। तैँले यसलाई दिनरात मनन गर्ने छस्, ताकि तैँले लेखेका सबै कुरा पालन गर्न सक्ने छस्। अनि तेरो फलिफाप हुने छ र तँ सफल हुने छस्।
9के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो। नडरा। निराश नहो। तँ जहाँ गए पनि परमप्रभु परमेश्वर तँसँग हुनुहुन्छ।
10अनि यहोशूले मानिसहरूका अगुवाहरूलाई आज्ञा गरे,
11“छाउनीभरि जाओ र मानिसहरूलाई आज्ञा गर, 'तिमीहरूका निम्ति खानेकुराहरू तयार पार। तिमीहरू तिन दिनमा यर्दन नदी तरेर पारि जाने छौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको भूमि अधिकार गर्ने छौ'।”
12यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई भने,
अङ्ग्रेजीमा
Have I not commanded you to be strong and courageous? Do not be afraid; do not be discouraged, for the LORD your God is with you wherever you go.”सन्दर्भ-पदहरू
पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।
हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि म तेरो रक्षा गर्नेछु। म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु। किनकि मैले तँलाई प्रतिज्ञा गरेका कुरा पुरा नगरुञ्जेल म तँलाई छोड्नेछैनँ।”तर परमप्रभुले मलाई भन्नुभयो, “यसो नभन्, 'म सानो बालक छु'। मैले पठाउने हरेक ठाउँमा तँ जानैपर्छ, र मैले तँलाई आज्ञा गर्ने हरेक कुरा तैंले भनैपर्छ। तिनीहरूदेखि नडरा, किनकि तेरो उद्धार गर्न म तँसित छु, यो परमप्रभुको घोषणा हो।”परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ। म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ। म कोसँग त्रसित हुनु? जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले।तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा, रथ र मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ। किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो।सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरण हुनुहुन्छ। सेलामोशाले यहोशूलाई बोलाई सारा इस्राएलको सामुन्ने भने, “बलियो र खुबै साहसी होऊ, किनकि यी मानिसहरूलाई दिन्छु भनी परमप्रभुले तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमी यिनीहरूसँगै जाऊ। तिमीहरूले तिनीहरूलाई यसको अधिकार गर्न दिने छौ। परमप्रभु तिम्रो अगिअगि जानुहुने छ। उहाँ तिमीसँगै हुनुहुने छ। उहाँले तिमीलाई छाड्नहुने छैन, न त त्याग्नुहुने छ। नडराऊ, निरुत्साहित नहोऊ।”तर अब ए याकूब तँलाई सृष्ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु। तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस्।स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार