गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 डिसेम्बर › डिसेम्बर 11
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 डिसेम्बर 11
शनिबार · आगमन कालको दोस्रो हप्ता
पर्व र सन्तहरू
आगमन कालको दोस्रो हप्ताको शनिबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: बैजनी
सन्त दामासस प्रथम, पोप · ऐच्छिक स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
यो अनुवादमा छैन
प्रत्युत्तर भजन
भजनसंग्रह 80:1–2, 14–15, 17–18
1हे इस्राएलका गोठालो, ध्यान दिनुहोस्। तपाईं जसले योसेफलाई बगालझैं डोर्याउनुहुन्छ। तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्कनुहोस्। 2एफ्राइम, बेन्यामीन र मनश्शेको दृष्टिमा तपाईंको शक्ति चलाउनुहोस्। आउनुहोस् र हामीलाई बचाउनुहोस्। 14हे सर्वशक्तिमान् परमेश्वर, फर्कनुहोस्। स्वर्गबाट तल हेर्नुहोस् र ध्यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस्। 15तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो। 17तपाईंको बाहुली तपाईंको दाहिने हातको मानिसमाथि, तपाईंले आफ्नो निम्ति बलियो बनाउनुभएको मानिसको पुत्रमाथि रहोस्। 18तब तपाईंबाट हामी तर्केर जानेछैनौं। हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं।
सुसमाचार
10उहाँका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “त्यसो भए, एलिया पहिले आउनुपर्छ भनेर शास्त्रीहरू किन भन्छन् त?” 11येशूले जवाफ दिनुभयो र भन्नुभयो, “एलिया अवश्य आउनेछन् र सबै कुराको पुनर्स्थापना गर्नेछन्। 12तर म तिमीहरूलाई भन्दछु, एलिया पहिले नै आइसकेका छन्, तर तिनीहरूले उनलाई चिनेनन्। त्यसको बदला, तिनीहरूले उनीमाथि जे मन लाग्यो त्यही गरे। त्यसै गरी, मानिसका पुत्रले पनि तिनीहरूका हातबाट दुःख भोग्नेछन्।” 13अनि उहाँले बप्तिस्मा-दिने यूहन्नाको विषयमा तिनीहरूसँग बोलिरहनुभएको थियो भन्ने कुरा चेलाहरूले बुझे।
आजका सन्तहरू
- सन्त दामासस प्रथम, पोप
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र C, साताका दिनहरूको वर्ष II।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार