गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 डिसेम्बर › डिसेम्बर 10
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 डिसेम्बर 10
शुक्रबार · आगमन कालको दोस्रो हप्ता
पर्व र सन्तहरू
आगमन कालको दोस्रो हप्ताको शुक्रबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: बैजनी
लोरेटोकी धन्य कुमारी मरियम · ऐच्छिक स्मृति-दिवस
उपवास र प्रायश्चित्त
प्रायश्चित्तको दिन
हरेक शुक्रबार प्रायश्चित्तको दिन हो; हरेक बिशप सम्मेलनले यो कसरी मानिने भनेर तोक्छ: मासुबाट परहेज वा प्रायश्चित्तको अर्को काम। उपवास 18 देखि 59 वर्षसम्म, परहेज 14 वर्षदेखि लागू हुन्छ।
दिनका पाठहरू
पहिलो पाठ
17परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्नुहुन्छ, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले कसरी सफल हुने भनी सिकाउँछ, जसले तिमीहरू जानुपर्ने बाटोमा डोर्याउँछ। 18तिमीहरूले मेरा आज्ञाहरू मात्र पालन गरेका भए। तिमीहरूका शान्ति र समृद्धि नदीझैं बग्ने थियो र तिमीहरूका उद्धार समुद्रको छालझैं हुनेथियो। 19तिमीहरूका सन्तानहरू बालुवाझैं असंख्या हुने थिए र तिमीहरूका गर्भबाट जन्मेका छोराछोरीका बलुवाका कणझैं अनगिन्ति हुने थिए। तिनीहरूका नाउँ मेरो सामुबाट काटिने वा मेटिने थिएन।
प्रत्युत्तर भजन
1त्यो मानिस धन्यको हो जो दुष्टको सल्लाहमा हिंड्दैन वा पापीहरूका मार्गहरूमा खडा हुँदैन वा गिल्ला गर्नेहरूको सभामा बस्दैन। 2तर त्यसको खुसी परमप्रभुको व्यवस्थामा हुन्छ र उहाँको व्यावस्थमा त्यसले दिन र रात मनन् गर्छ। 3त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुनेछ जसले आफ्नो ऋतुमा त्यसको फल दिन्छ जसको पातहरू कहिल्यै ओइलाउँदैन त्यसले जे गरे पनि सफल हुनेछ। 4दुष्टहरू त्यस्ता होइनन् तर हावाले उडाउने भुसजस्तै हुन्। 6किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्छ तर दुष्टको मार्ग भने नष्ट हुनेछ।
सुसमाचार
16यस पुस्तालाई म केसँग तुलना गरूँ? यो त बजारमा खेलिरहेका बालकहरूजस्तै छ, जो बस्दछ र एक अर्कालाई बोलाउँदछ, 17र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ। हामीले शोक गर्यौँ, र तिमीहरू रोएनौ।’ 18किनकि यूहन्ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ।’ 19मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ।”
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र C, साताका दिनहरूको वर्ष II।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार