Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अक्टोबर › अक्टोबर 18

अर्थोडक्स पात्रो · अक्टोबर 5 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 अक्टोबर 18

सोमबार · पेन्तिकोसपछिको 18औँ हप्ता · स्वर 8

पर्व र सन्तहरू

Martyr Charitina of Amisus († 304)

उपवास

उपवास छैन

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

पत्र

एफिसि 4:25–32

25त्यसैले असत्यतालाई त्याग। “सबैले आफ्नो छिमेकीसँग सत्य बोलोस्,” किनभने हामी एकअर्काका सदस्यहरू हौँ। 26“रिस गर, तर पाप नगर।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ। 27दुष्‍टलाई मौका नदेओ। 28चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। आवश्‍यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस्। 29तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस्। तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्‍ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून्। 30र परमेश्‍वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ। छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ। 31सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्‍टता तिमीहरूले त्याग्‍नुपर्छ। 32एकअर्का प्रति दयालु होओ। कृपालु मनका होओ। जसरी ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ।

सुसमाचार

लुका 6:24–30

24तर धिक्‍कार तिमीहरू जो धनी छौ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ। 25धिक्‍कार तिमीहरूलाई जो आहिले तृप्‍त छौ! तिमीहरू पछि भोकाउनेछौ। धिक्‍कार तिमीहरू जो अहिले हाँस्‍छौ! तिमीहरू पछि रुनेछौ र विलाप गर्नेछौ। 26धिक्‍कार तिमीहरू मानिसहरूबाट प्रशंसा पाउनेहरू! तिम्रा पुर्खाहरूले झुटा अगमवक्‍ताहरूलाई पनि त्यसै गरेका थिए। 27तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर। 28तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌ देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। 29तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ। यदि कसैले तिम्रो कोट खोस्‍छ भने उसलाई दौरा पनि दिइहाल। 30तिमीसँग माग्‍ने सबैलाई देऊ। यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अक्टोबर 5 नागरिक पात्रोमा अक्टोबर 18 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार