Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जुलाई › जुलाई 6

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 जुलाई 6

मङ्गलबार · सामान्य कालको 14औँ हप्ता

पर्व र सन्तहरू

सामान्य कालको 14औँ हप्ताको मङ्गलबार

ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो

सन्त मारिया गोरेत्ती, कुमारी र शहीद · ऐच्छिक स्मृति-दिवस

दिनका पाठहरू

पहिलो पाठ

उत्पत्ति 32:22–32

22रातमा याकूब निद्राबाट ब्युँझे। आफ्ना दुई पत्‍नी, तिनीहरूका कमारीहरू र एघार जना छोरा लिएर तिनी प्रस्थान गरे। तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए। 23यसरी तिनले आफ्ना सबै सम्पत्ति खोला पारि पठाए। 24याकूब एक्लै रहे, र एक जना मानिसले तिनीसित सूर्योदय नभएसम्म कुस्ती खेले। 25ती मानिसले याकूबलाई जित्‍न नसक्‍ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे। याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो। 26ती मानिसले भने, “मलाई जान देऊ किनकि उज्यालो हुँदै छ।” याकूबले भने, “तपाईंले मलाई आशिष् नदिउञ्‍जेलसम्म म तपाईंलाई जान दिन्‍नँ।” 27ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब।” 28ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ। किनकि तिमीले परमेश्‍वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ।” 29याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस्।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए। 30याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्‍वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ।” 31याकूबले पनीएल पार गर्दा सूर्योदय भइसकेको थियो। तिनको कम्मरको कारणले गर्दा तिनी खोच्याएर हिँड्दै थिए। 32यसैकारण आजको दिनसम्म इस्राएलका मानिसहरूले कम्मरको नसा खाँदैनन् किनकि ती मानिसले याकूबको कम्मरको गेडी फुस्काउँदा ती नसाहरूमा चोट पुर्‍याएका थिए।

प्रत्युत्तर भजन

भजनसंग्रह 17:1–3, 6–8, 15

1हे परमप्रभु, न्यायको निम्ति मेरो बिन्ती सुन्‍नुहोस्। मदतको निम्‍ति मेरो पुकारामा ध्यान दिनुहोस्। मेरो छलरहित ओठको मेरो प्रार्थनामा कान थाप्‍नुहोस्। 2मेरो निर्दोषता तपाईंको उपस्थितिबाट आओस्। तपाईंको आँखाले जे ठिक छ सो देखून्। 3तपाईंले मेरो हृदय जाँच्‍नुहुन्छ भने, राति तपाईं मकहाँ आउनुहुन्छ भने, तपाईंले मलाई शुद्ध पार्नुहुनेछ र कुनै दुष्‍ट योजनाहरू पाउनुहुनेछैन। मेरो मुखले अपराध गर्नेछैन। 6हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ। आफ्‍नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्‍नुहोस्। 7आफ्‍ना शत्रुहरूबाट तपाईंमा शरण लिनेहरूलाई तपाईं जसले आफ्नो दाहिने बाहुलिले बचाउनुहुन्छ, आफ्‍नो करारको विश्‍वस्‍तता अचम्‍म किसिमले देखाउनुहोस्। 8आफ्‍नो आँखाको नानीलाई झैं मेरो सुरक्षा गर्नुहोस्। आफ्‍नो पखेटाको छायामुनि मलाई लुकाउनुहोस्। 15मेरो बारेमा, म धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। तपाईंको दृष्‍टिमा म ब्युँझँदा, म सन्तुष्‍ट हुनेछु।

सुसमाचार

मत्ती 9:32–38

32जब ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको बोल्न नसक्‍ने व्यक्‍तिलाई येशूकहाँ ल्याइयो। 33जब त्यो भूतात्मा धपाइयो, तब त्‍यो व्यक्‍ति बोल्यो। भिडहरू छक्‍क परे र भने, “इस्राएलमा यस्तो कहिल्‍यै देखिएको थिएन!” 34तर फरिसीहरूले यसो भनिरहेका थिए, “यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ।” 35येशू सारा सहरमा र गाउँहरूमा जानुभयो। उहाँले राज्‍यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो। 36जब उहाँले भिडलाई देख्‍नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए। तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै थिए। 37उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छन्, तर खेतालाहरू थोरै छन्। 38यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्‍नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस्।”

आजका सन्तहरू

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार