गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मे › मे 10
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 मे 10
सोमबार · पास्का कालको सातौँ हप्ता
पर्व र सन्तहरू
पास्का कालको सातौँ हप्ताको सोमबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: सेतो
आभिलाका सन्त जोन, पुरोहित र मण्डलीका आचार्य · ऐच्छिक स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
1अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे र त्यहाँ कतिपय चेलाहरूलाई भेटे। 2पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ त?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ।” 3पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्तिस्मा लियौ त?” तिनीहरूले भने, “यूहन्नाको बप्तिस्मामा।” 4त्यसैले पावलले जवाफ दिए, “यूहन्नाले दिने बप्तिस्माचाहिँ पश्चात्तापको हो। उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्वास गर्नुपर्छ।” 5मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए। 6त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे। 7उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए। 8पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए। उनले परमेश्वरको राज्यको बारेमा मानिसहरूसँग बहस गरे र विश्वास दिलाए।
प्रत्युत्तर भजन
1परमेश्वर उठ्नुभएको होस्। उहाँका शत्रुहरू तितरबितर होऊन्। उहाँलाई घृणा गर्नेहरू उहाँको सामुबाट भागून्। 2जसरी धुवाँ उडेर जान्छन्, त्यसरी नै तिनीहरूलाई उडाउनुहोस्। जसरी आगोको नजिक मैनबत्ति पग्लिन्छ, त्यसरी नै दुष्टहरू परमेश्वरको उपस्थितिमा नाश होऊन्। 3तर धर्मीहरू खुसी होऊन्। तिनीहरू परमेश्वरको सामु ज्यादै खुसी होऊन्। तिनीहरू आनन्दित होऊन् र खुसी होऊन्। 4परमेश्वरको स्तुति गाओ। उहाँको नाउँको स्तुति गाओ। यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्ति स्तुति गाओ। उहाँको नाउँ परमप्रभु हो। उहाँको सामु आनन्दित होओ। 5अनाथहरूका बुबा, विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। 6एक्लो व्यक्तिलाई परमेश्वरले परिवार दिनुहुन्छ। उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ। तर विद्रोहीहरूचाहिं सुख्खा जमिनमा बस्छन्।
सुसमाचार
29उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन। 30अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्न सोध्नु आवश्यक छैन। त्यही कारणले हामी विश्वास गर्छौं, कि तपाईं परमेश्वरबाट आउनुभएको हो।” 31येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्वास गर्छौ? 32हेर, तिमीहरू छरपष्ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ,। वास्तवमा त्यो समय आइसकेको छ। तरै पनि म एकलो हुन्नँ, किनभने पिता मसँग हुनुहुन्छ। 33मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस्। संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु।
आजका सन्तहरू
- आभिलाका सन्त जोन, पुरोहित र मण्डलीका आचार्य
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार