गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मार्च › मार्च 5
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 मार्च 5
शुक्रबार · उपवास कालको तेस्रो हप्ता
पर्व र सन्तहरू
उपवास कालको तेस्रो हप्ताको शुक्रबार
साधारण दिन · धर्मविधिको रङ: बैजनी
उपवास र प्रायश्चित्त
मासुबाट परहेज
हरेक शुक्रबार प्रायश्चित्तको दिन हो; हरेक बिशप सम्मेलनले यो कसरी मानिने भनेर तोक्छ: मासुबाट परहेज वा प्रायश्चित्तको अर्को काम। उपवास 18 देखि 59 वर्षसम्म, परहेज 14 वर्षदेखि लागू हुन्छ।
दिनका पाठहरू
पहिलो पाठ
1ए इस्राएल, परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ। 2आफ्नो साथमा वचन लेओ र परमप्रभुकहाँ फर्क। उहाँलाई भन, “हाम्रा सबै अपराध क्षमा गर्नुहोस् र जे असल छ त्यो ग्रहण गर्नुहोस्, ताकि तपाईंलाई हामी आफ्ना ओठको फल चढाउन सकौं। 3अश्शूरले हामीलाई बचाउनेछैन। हामी युद्ध गर्नलाई घोडाहरूमा सवार हुनेछैनौं। न त आफ्ना हातले बनाएका कुरालाई हामी यसो भन्नेछौं, ‘तपाईं हाम्रा देवता हुनुहुन्छ,’ किनकि तपाईंमा नै टुहुरोले दया पाउँछ।” 4“तिनीहरू तर्केका भए पनि म निको पार्नेछु, म तिनीहरूलाई सित्तैंमा प्रेम गर्नेछु, किनकि त्यसप्रतिको मेरो रिस मरेको छ। 5इस्राएलको निम्ति म शीतझैं हुनेछु। लिली फूलझैं त्यो फुल्नेछ र लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ। 6त्यसका हाँगाहरू फैलिनेछन्। त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ। 7त्यसको छहारीमा बस्ने मानिसहरू फर्कनेछन्। तिनीहरू अन्नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन्। त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ। 8ए एफ्राइम, मूर्तिहरूसँग मेरो अरू के काम छ? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु। म सल्लोको रूखझैं हुँ, जसका पातहरू सधैं हरिया हुन्छन्, र मबाट नै तेरो फल आउँछ।” 9को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्न सक्छ? कसले कुराहरू बुझ्छ जसले गर्दा उसले ती जान्न सक्छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन्।
प्रत्युत्तर भजन
5जब उहाँ मिश्रदेशको विरुद्धमा जानुभयो, जहाँ मैले नचिनेको सोर मैले सुनें, तब उहाँले योसेफमा नियमको रूपमा यो जारी गर्नुभयोः 6“मैले त्यसको काँधबाट बोझ हटाएँ। टोकरीहरू समात्ने त्यसका हातहरू मुक्त भए। 7तिमीहरूको संकष्टमा तिमीहरूले पुकारा गर्यौ र मैले तिमीहरूलाई सहायता गरें। गर्जनको कालो बादलबाट मैले तिमीहरूलाई जवाफ दिएँ। मेरिबाको पानीमा मैले तिमीहरूको जाँच गरें। सेला 8हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु। हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए! 9तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन। तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन। 10म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्यायो। तिमीहरूको मुख चौडा खोल र त्यो म भर्नेछु। 13ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए। मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए। 16इस्राएललाई म उत्तम गहुँ खुवाउँथें। तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्त पार्थें।”
सुसमाचार
28शास्त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने। येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे। तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो?” 29येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्वर, परमप्रभु एक मात्र हुनुहुन्छ। 30तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्तिले प्रेम गर्नुपर्दछ।’ 31दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन।” 32शास्त्रीले भने, “हे असल गुरुज्यू! परमेश्वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्नुभएको छ। 33उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि र बलिदानहरूभन्दा पनि महान् हो।” 34जब तिनले बुद्धिमत्तापूर्वक जवाफ दिएको येशूले देख्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्न गर्ने आँट गरेन।
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार