गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 नोभेम्बर › नोभेम्बर 28
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 नोभेम्बर 28
शनिबार · सामान्य कालको 34औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 34औँ हप्ताको शनिबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो
शनिबार: धन्य कुमारी मरियमको स्मृति-दिवस · ऐच्छिक स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
1त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए। यो परमेश्वर र थुमाको सिंहासनबाट बगिरहेको थियो। 2यो सहरको बिचभागको बाटो भएर बगेको थियो। नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ। रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन्। 3त्यहाँ कुनै श्राप हुनेछैन। परमेश्वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न्। 4तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। 5त्यहाँ कुनै रात हुनेछैन, तिनीहरूलाई ज्योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन, न त सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ किनकि परमप्रभु परमेश्वर नै तिनीहरूका ज्योति हुनुहुनेछ। तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्। 6स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासयोग्य र सत्य छन्। अगमवक्ताहरूका आत्माका परमप्रभु परमेश्वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो।” 7“हेर, म चाँडै आउँदै छु। यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ, त्यो धन्यको हो।”
प्रत्युत्तर भजन
1आओ, परमप्रभुको निम्ति हामी गाऔं। हाम्रो उद्धारको चट्टानको निम्ति हामी आनन्दसाथ गाऔं। 2उहाँको उपस्थितिभित्र हामी धन्यवादसाथ पसौं। प्रशंसाको भजनले हामी उहाँको निम्ति गाऔं। 3किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ। 4पृथ्वीको गहिराइ उहाँको हातमा छ। पहाडहरूका उच्चाइहरू उहाँकै हुन्। 5समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो। अनि सुख्खा जमिन उहाँकै हातले बनाए। 6आओ, हामी आराधना गरौं र घोप्टो परौं। हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं। 7किनकि उहाँ हाम्रो परमेश्वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौं। आज, तिमीहरूले उहाँको सोर सुन्नेछौ।
सुसमाचार
34तर तिमीहरू आफैँ होसियार रहो। त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस्। नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला। 35यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ। 36तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो।”
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र A, साताका दिनहरूको वर्ष II।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार