गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 नोभेम्बर › नोभेम्बर 19
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 नोभेम्बर 19
बिहीबार · सामान्य कालको 33औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 33औँ हप्ताको बिहीबार
साधारण दिन · धर्मविधिको रङ: हरियो
दिनका पाठहरू
पहिलो पाठ
1तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा छाप लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखेँ। 2“यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ?” भनी एक जना शक्तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ। 3स्वर्गमा वा यस पृथ्वीमा वा यस पृथ्वीमुनि भएका कसैले पनि यस मुट्ठोलाई खोल्न वा यसलाई पढ्न सकेन। 4म दुःखित भएर रोएँ, किनकि यस मुट्ठोलाई खोल्न र पढ्न योग्यको कोही पनि भेट्टाइएन। 5तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ। हेर! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्त गर्नुभएको छ। त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ।” 6मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ। उहाँका सातवटा सिङ र सातवटा आँखा थिए। यी सारा संसारभरि पठाइएका परमेश्वरका सात आत्मा हुन्। 7उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुट्ठोलाई समात्नुभयो। 8जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे। तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्वासीहरूका प्रार्थना हुन्। 9तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ। किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्ट्रलाई तपाईंले परमेश्वरका निम्ति किन्नुभयो। 10परमेश्वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्।”
प्रत्युत्तर भजन
1परमप्रभुको प्रशंसा गर। परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ। विश्वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ। 2इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्दित होस्। सियोनका मानिसहरू आफ्ना राजामा आनन्दित होऊन्। 3तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून्। खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन्। 4किनकि परमप्रभु आफ्ना मानिसहरूसँग प्रशन्न हुनुहुन्छ। उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ। 5विजयमा धर्मीहरू आनन्दि होऊन्। तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन्। 6तिनीहरूका मुखहरूमा परमेश्वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्, 9लेखिएका न्यायका फैसला तिनीहरूले गर्नेछन्। उहाँका सबै विश्वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ। परमप्रभुको प्रशंसा गर।
सुसमाचार
41जब येशू सहरको नजिक पुग्नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो, 42“यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन्। 43किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन्। 44तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्नलाई तैँले बुझिनस्।
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र A, साताका दिनहरूको वर्ष II।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार