Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 अक्टोबर › अक्टोबर 19

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 अक्टोबर 19

सोमबार · सामान्य कालको 29औँ हप्ता

पर्व र सन्तहरू

सामान्य कालको 29औँ हप्ताको सोमबार

ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो

क्रुसका सन्त पल, पुरोहित · ऐच्छिक स्मृति-दिवस

सन्त जोन डे ब्रेबेफ र आइज्याक जोग्स, पुरोहितहरू, र साथीहरू, शहीद · ऐच्छिक स्मृति-दिवस

दिनका पाठहरू

पहिलो पाठ

एफिसि 2:1–10

1तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ। 2यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिँडेका थियौ। आकाशको शक्तिको शासक अनुसार तिमीहरू हिँडेका थियौ। यो त्यसको आत्मा हो, जो अनाज्ञाकारीताका सन्तानहरूमा काम गर्दछ। 3हामी एकपल्ट यी सबै अविश्‍वासीहरू सँगै थियौँ। हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ। हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ। 4तर परमेश्‍वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ। 5जब हामी आफ्ना अपराधहरूमा मरेका थियौँ, उहाँले हामी सबैलाई सँगै ख्रीष्‍टमा नयाँ जीवनमा ल्याउनुभयो। उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ। 6ख्रीष्‍ट येशूमा हामीलाई परमेश्‍वरले उठाउनुभएको छ र स्वर्गीय स्थानहरूमा उहाँसँगै बसाल्नुभएको छ। 7आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो। ख्रीष्‍ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्छ। 8किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्‍वरको उपहार हो। 9कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन। 10किनकि हामीहरू परमेश्‍वरले धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति र हामीहरू ती बमोजिम हिडौँ भनेर ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँको हातका सिप हौँ।

प्रत्युत्तर भजन

भजनसंग्रह 100:1–5

1हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर। 2खुसीसाथ परमप्रभुको सेवा गर। आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ। 3परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान। उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं। हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं। 4धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस। उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर। 5किनकि परमप्रभु असल हुनुहुन्छ। उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ।

सुसमाचार

लुका 12:13–21

13त्यसपछि भिडबाट एक जनाले उहाँलाई यसो भन्यो, “गुरुज्यू, मेरो भाइलाई सम्पत्तिको भागबन्डा गरिदिनुहोस् भनी बताइदिनुहोस्।” 14येशूले त्यसलाई भन्‍नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायधीश र मध्यस्तकर्ता बनायो?” 15र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन।” 16तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो, 17र उसले मनमनै भन्‍न लाग्यो, ‘म के गरूँ, किनकि मसँग अन्‍नको भण्डारण गर्ने प्रशस्त ठाउँ छैन?‘ 18उसले भन्यो, ‘म भकारीहरूलाई भत्काउनेछु र ठुलो बनाउनेछु। त्यहीँ नै सबै अन्‍नहरू र अन्य सामग्री भण्डारण गर्नेछु।’ 19म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ। आराम गर, खा, पी र आनन्दित हो।’ 20तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’ 21यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन।”

आजका सन्तहरू

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र A, साताका दिनहरूको वर्ष II।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार