Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › हिब्रू 13:5

बाइबलको पद · ULB

हिब्रू 13:5

तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख। तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ। किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु।”

पूरा अध्याय पढ्नुहोस्: हिब्रू 13

सन्दर्भमा

2अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स। किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए।

3तिमी आफैँ पनि कारागारमा तिनीहरूसँगै बाँधिएजस्तै सम्झना गर। जसले तिनीहरूलाई दुर्व्यवहार गरे तिमी पनि तिनीहरूको शरीरमा भएजस्तै तिनीहरूको सम्झना गर।

4हरेकले विवाहलाई आदर गरोस्। विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन दुराचारी मानिस र व्‍यभिचारीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।

5तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख। तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ। किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु।”

6हामी सन्तुष्‍ट होऔँ। त्यसकारण, हामी साहससाथ भन्‍न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?”

7तिमीहरूलाई परमेश्‍वरको वचन सुनाउने तिम्रा अगुवाहरूलाई विचार गर, र तिनीहरूका रहनसहनको परिणामलाई विचार गर र तिनीहरूका विश्‍वासको देखासिखी गर।

8येशू ख्रीष्‍ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ।

हिब्रू 13

अङ्ग्रेजीमा

Berean Standard BibleHebrews 13:5Keep your lives free from the love of money and be content with what you have, for God has said: “Never will I leave you, never will I forsake you.”

पुरानो करारबाट उद्धरण

व्यवस्था 31:6बलियो र खुबै साहसी होओ। नडराओ र तिनीहरूदेखि भयभीत नहोओ। किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुने छ। उहाँले तिमीहरूलाई छाड्नुहुने छैन, न त त्याग्‍नुहुने छ।”
यहोशू 1:5तेरो सारा जीवनभरि तेरो सामु कोही पनि खडा हुन सक्‍ने छैन। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग हुने छु। म तँलाई त्याग्‍ने छैनँ वा छोड्ने छैनँ।

सन्दर्भ-पदहरू

पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।

व्यवस्था 31:8परमप्रभु तिम्रो अगिअगि जानुहुने छ। उहाँ तिमीसँगै हुनुहुने छ। उहाँले तिमीलाई छाड्नहुने छैन, न त त्याग्‍नुहुने छ। नडराऊ, निरुत्साहित नहोऊ।”
१ शमूएल 12:22उहाँको माहन् नाउँको कारणले परमप्रभुले आफ्‍ना मानिसहरूलाई त्याग्‍नुहुनेछैन, किनभने तिमीहरूलाई आफ्नो मानिस बनाउन परमप्रभु प्रशन्‍न हुनुहुन्‍छ।
यशैया 41:17अत्यचारमा परेका र खाँचोमा परेकाहरूले पानी खोज्नेछन्, तर त्यहाँ हुनेछैन, अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्‍खा हुन्छन्। म, परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु। म, इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैन।
भजनसंग्रह 37:25म जवान थिएँ र अहिले वृद्ध भएको छु। धर्मी व्‍यक्‍ति त्यागिएको वा त्‍यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन।
यशैया 41:10नडरा, किनकि म तँसँग छु। चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ। म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु।
१ इतिहास 28:20दाऊदले आफ्‍ना छोरा सोलोमनलाई भने, “बलियो र साहसी होऊ। यो काम गर। नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ। परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई छोड्‍नुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार