Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › बाइबलका कथाहरू › परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो

बाइबलका कथाहरू · 50 मध्ये कथा 8

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो

बाइबलमा यो कथा

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: धेरै वर्षपछि, जब याकूब बुढा भइसकेका थिए, उनले आफ्नो सबैभन्दा प्यारो छोरा, योसेफलाई बगालहरूको हेरचाह गरिराखेका…

धेरै वर्षपछि, जब याकूब बुढा भइसकेका थिए, उनले आफ्नो सबैभन्दा प्यारो छोरा, योसेफलाई बगालहरूको हेरचाह गरिराखेका आफ्ना दाजुहरूकहाँ जाँच गर्न पठाए ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: योसेफका दाजुहरूले उनलाई घृणा गर्थे किनभने तिनीहरूमध्ये उनी आफ्ना बुबाका सबैभन्दा प्यारा थिए अनि योसेफले आफू…

योसेफका दाजुहरूले उनलाई घृणा गर्थे किनभने तिनीहरूमध्ये उनी आफ्ना बुबाका सबैभन्दा प्यारा थिए अनि योसेफले आफू उनीहरूका शासक भएको सपना देखेका थिए । जब योसेफ उनका दाजुहरूकहाँ आइपुगे, उनीहरूले उसको अपहरण गरे र केही दास व्यापारीहरूको हातमा बेचिदिए ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: योसेफका दाजुहरूले घर फर्किन अघि योसेफका लुगाहरू च्याते र त्यसलाई बाख्राको रगतमा डुबाइदिए । अनि उनीहरूले त्यो…

योसेफका दाजुहरूले घर फर्किन अघि योसेफका लुगाहरू च्याते र त्यसलाई बाख्राको रगतमा डुबाइदिए । अनि उनीहरूले त्यो लबेदा आफ्नो बुबालाई देखाए ताकि योसेफलाई कुनै जङ्गली जनावरले मारेछ भनीे सोचून् । यो देखेर याकूब धेरै दुःखी भए ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: ती दास व्यापारीहरूले योसेफलाई मिश्रदेशमा लगे । मिश्र देश नील नदिको छेउमा पर्थ्यो, यो अति विशाल र शक्तिशाली…

ती दास व्यापारीहरूले योसेफलाई मिश्रदेशमा लगे । मिश्र देश नील नदिको छेउमा पर्थ्यो, यो अति विशाल र शक्तिशाली राष्ट्र थियो । ती व्यापारीहरूले योसेफलाई एकजना धनी सरकारी कर्मचारीको हातमा बेचिदिए । योसेफले आफ्नो मालिकको राम्ररी हेरचाह गरे र परमेश्‍वरले उसलाई आशिष् दिनुभयो ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: योसेफका मालिककी स्वास्‍नी योसेफसँग सुत्‍न चाहिन तर परमेश्‍वरको विरुद्ध यसरी पाप गर्न उनले इन्कार गरे । यसले गर्दा…

योसेफका मालिककी स्वास्‍नी योसेफसँग सुत्‍न चाहिन तर परमेश्‍वरको विरुद्ध यसरी पाप गर्न उनले इन्कार गरे । यसले गर्दा उनी रिसाइन र योसेफको विरुद्धमा झुटा आरोप लगाइन, जसको कारण योसेफलाई समातियो र झ्यालखानामा हालियो । झ्यालखानामा हुँदा पनि योसेफले परमेश्‍वरमा भरोसा राखे र परमेश्‍वरले योसेफलाई आशिष् दिनुभयो ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: दुई वर्षपछि, निर्दोष भएतापनि योसेफ अझै झ्यालखाना मै थिए । एक रात मिश्रीहरूका राजा फारोले दुईवटा सपना देखे र…

दुई वर्षपछि, निर्दोष भएतापनि योसेफ अझै झ्यालखाना मै थिए । एक रात मिश्रीहरूका राजा फारोले दुईवटा सपना देखे र त्यसले उनलाई साह्रै सतायो । उनका कुनै सल्लाहकारहरूले पनि त्यस सपनाको रहस्य बताउन सकेनन् ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: परमेश्‍वरले योसेफलाई सपनाको अर्थ बताउन सक्ने वरदान दिनुभएको थियो, त्यसैले फारोले योसेफलाई झ्यालखानाबाट बोलाउन…

परमेश्‍वरले योसेफलाई सपनाको अर्थ बताउन सक्ने वरदान दिनुभएको थियो, त्यसैले फारोले योसेफलाई झ्यालखानाबाट बोलाउन लगाए । योसेफले फारोको सपनाको अर्थ बताइदिए र भने, “परमेश्‍वरले अबको सात वर्षसम्म प्रशस्तै गरी अन्‍नहरू दिनुहुनेछ र त्यसपछिको सात वर्ष अनिकाल पर्नेछ ।”

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: योसेफसँग फारो यति प्रसन्‍न भए कि उनले योसेफलाई सारा मिश्र देशभरिका दोश्रो शक्तिशाली व्यक्ति नियुक्त गरे ।

योसेफसँग फारो यति प्रसन्‍न भए कि उनले योसेफलाई सारा मिश्र देशभरिका दोश्रो शक्तिशाली व्यक्ति नियुक्त गरे ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: योसेफले मानिसहरूलाई प्रशस्त फसलको सात वर्षमा धेरै अन्‍न थुपार्न लगाए । अनि सात वर्षे अनिकालको समयमा योसेफले ती…

योसेफले मानिसहरूलाई प्रशस्त फसलको सात वर्षमा धेरै अन्‍न थुपार्न लगाए । अनि सात वर्षे अनिकालको समयमा योसेफले ती अन्‍नहरू बेचे ताकि मानिसहरूका निम्ति चाहिने जति खानेकुरा पुगोस् ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: अनिकाल मिश्र देशमामा मात्र नभइ कनानमा देशमा पनि परेको थियो जहाँ याकूब र उनका घराना बस्‍थे ।

अनिकाल मिश्र देशमामा मात्र नभइ कनानमा देशमा पनि परेको थियो जहाँ याकूब र उनका घराना बस्‍थे ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: त्यसैले याकूबले आफ्ना जेठा छोराहरूलाई मिश्र देशमा खानेकुरा लिन पठाए । दाजुहरू खानेकुरा किन्‍न मिश्र देशमा जाँदा…

त्यसैले याकूबले आफ्ना जेठा छोराहरूलाई मिश्र देशमा खानेकुरा लिन पठाए । दाजुहरू खानेकुरा किन्‍न मिश्र देशमा जाँदा तिनीहरूले योसेफलाई चिनेनन्, तर योसेफले तिनीहरूलाई चिनिहाले ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: अनि आफ्ना दाजुहरू परिवर्तन भएका छन् कि छैनन् भनी जाँच गरेपछि योसेफले तिनीहरूलाई भने, “म तपाईंहरूको भाइ योसेफ हुँ…

अनि आफ्ना दाजुहरू परिवर्तन भएका छन् कि छैनन् भनी जाँच गरेपछि योसेफले तिनीहरूलाई भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, नडराउनुहोस् । तपाईंहरूले मलाई दासको रूपमा बेचेर दुष्ट काम गर्न खोज्‍नुभयो, तर परमेश्‍वरले दुष्टतालाई असल कामको निम्ति चलाउनुभयो । आउनुहोस् र मिश्र देशमा बस्‍नुहोस् ताकि तपाईंहरू र तपाईंका घरानाहरूलाई मैले जुटाउन सकूँ ।”

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: जब योसेफका दाजुहरू घर फर्के र योसेफ अझै जिउदै रहेको खबर आफ्ना बुबा याकूबलाई सुनाए, उनी धेरै खुशी भए ।

जब योसेफका दाजुहरू घर फर्के र योसेफ अझै जिउदै रहेको खबर आफ्ना बुबा याकूबलाई सुनाए, उनी धेरै खुशी भए ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: याकूब बुढा भएतापनि आफ्ना सारा घरानालाई लिएर उनी मिश्रदेशमा गए र त्यहिँ बस्‍न लागे । मर्नुभन्दा अघि याकूबले आफ्ना…

याकूब बुढा भएतापनि आफ्ना सारा घरानालाई लिएर उनी मिश्रदेशमा गए र त्यहिँ बस्‍न लागे । मर्नुभन्दा अघि याकूबले आफ्ना सबै छोराहरूलाई आशिष् दिए ।

परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो: परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको करार अब्राहामबाट इसहाकमा सर्‍यो, अनि याकूबमा, अनि याकूबका बाह्र…

परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको करार अब्राहामबाट इसहाकमा सर्‍यो, अनि याकूबमा, अनि याकूबका बाह्र छोराहरू र उनीहरूका घरानामा । ती बाह्र छोराहरूका सन्तानहरूबाट नै इस्राएलका बाह्र कुलहरू भए ।

स्रोतहरू: Open Bible Stories © unfoldingWord · Open Bible Stories: Door43 World Missions Community, CC BY-SA 4.0 · © Sweet Publishing, CC BY-SA 3.0 · स्रोत र अधिकार

बाइबलका कथाहरू

पछिल्ला कथाहरू

बाइबलका कथाहरू