Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › बाइबलका कथाहरू › निस्तार चाड

बाइबलका कथाहरू · 50 मध्ये कथा 11

निस्तार चाड

बाइबलमा यो कथा

निस्तार चाड: परमेश्‍वरले फारोलाई यदि अझै पनि उनले इस्राएलीहरूलाई मिश्रदेशबाट जान नदिएको खण्डमा मानिस र पशुका जेठा पुरुष सन्तानलाई मारिदिने चेतावनी दिनुभयो ।…

परमेश्‍वरले फारोलाई यदि अझै पनि उनले इस्राएलीहरूलाई मिश्रदेशबाट जान नदिएको खण्डमा मानिस र पशुका जेठा पुरुष सन्तानलाई मारिदिने चेतावनी दिनुभयो । जब फारोले यो सुने, अझै पनि परमेश्‍वरलाई विश्‍वास गर्न र उहाँको आज्ञा मान्‍न उनले इन्कार गरे ।

निस्तार चाड: परमेश्‍वरले उहाँमा विश्‍वास गर्नेहरूको लागि आफ्नो जेठो सन्तानलाई बचाउन सक्ने एउटा बाटो प्रदान गरिदिनुभयो । हरेक परिवारले एउटा खोट रहित थुमालाई…

परमेश्‍वरले उहाँमा विश्‍वास गर्नेहरूको लागि आफ्नो जेठो सन्तानलाई बचाउन सक्ने एउटा बाटो प्रदान गरिदिनुभयो । हरेक परिवारले एउटा खोट रहित थुमालाई छानेर त्यसलाई मार्नुपर्ने थियो ।

निस्तार चाड: परमेश्‍वरले इस्राएलीहरूलाई त्यस थुमाको रगत तिनीहरूका घरको मुल ढोकामा लगाउन, अनि त्यसको मासु पोलेर खमिर नहालेको रोटीसँग खान भन्‍नुभयो । अनि फेरि…

परमेश्‍वरले इस्राएलीहरूलाई त्यस थुमाको रगत तिनीहरूका घरको मुल ढोकामा लगाउन, अनि त्यसको मासु पोलेर खमिर नहालेको रोटीसँग खान भन्‍नुभयो । अनि फेरि त्यो खाइसकेपछि उनीहरूलाई मिश्रदेश छाेड्न तयार हुन पनि उहाँले भन्‍नुभयो ।

निस्तार चाड: इस्राएलीहरूले परमेश्‍वरले भन्‍नुभए जस्तै गरे । मध्यरातमा परमेश्‍वर मिश्र भएर जानुभयो र पहिले जन्मेका छोरा सबैलाई मार्नुभयो ।

इस्राएलीहरूले परमेश्‍वरले भन्‍नुभए जस्तै गरे । मध्यरातमा परमेश्‍वर मिश्र भएर जानुभयो र पहिले जन्मेका छोरा सबैलाई मार्नुभयो ।

निस्तार चाड: सबै इस्राएलीहरूका घरको ढोकामा रगत पोतिएको थियो, त्यसैले परमेश्‍वरले ती घरहरूलाई छाेडेर जानुभयो । ती भित्र भएका सबैजना सुरक्षित थिए । थुमाको रगतको…

सबै इस्राएलीहरूका घरको ढोकामा रगत पोतिएको थियो, त्यसैले परमेश्‍वरले ती घरहरूलाई छाेडेर जानुभयो । ती भित्र भएका सबैजना सुरक्षित थिए । थुमाको रगतको कारण उनीहरू बचाइएका थिए ।

निस्तार चाड: तर मिश्रीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेनन् न त उहाँको आज्ञा नै माने । त्यसैले परमेश्‍वरले तिनीहरूका घरलाई छाेड्नु भएन । परमेश्‍वरले मिश्रीहरूका…

तर मिश्रीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेनन् न त उहाँको आज्ञा नै माने । त्यसैले परमेश्‍वरले तिनीहरूका घरलाई छाेड्नु भएन । परमेश्‍वरले मिश्रीहरूका पहिले जन्मेका छोराहरू सबैलाई मार्नुभयो ।

निस्तार चाड: सारा मिश्रीहरूका जेठा छोराहरू मरे, कैदीको जेठो छोरादेखि फारोको जेठो छोरासम्म, सबैजना मरे । मिश्रदेशमा धेरै मानिसहरू वेदनाको कारण रुदैँ र कराउँदै…

सारा मिश्रीहरूका जेठा छोराहरू मरे, कैदीको जेठो छोरादेखि फारोको जेठो छोरासम्म, सबैजना मरे । मिश्रदेशमा धेरै मानिसहरू वेदनाको कारण रुदैँ र कराउँदै थिए ।

निस्तार चाड: त्यसै रात फारोले मोशा र हारूनलाई बोलाए र भने, “इस्राएलीहरूलाई लेओ, अनि तुरुन्तै मिश्रदेश छाेडेर गइहाल

त्यसै रात फारोले मोशा र हारूनलाई बोलाए र भने, “इस्राएलीहरूलाई लेओ, अनि तुरुन्तै मिश्रदेश छाेडेर गइहाल

स्रोतहरू: Open Bible Stories © unfoldingWord · Open Bible Stories: Door43 World Missions Community, CC BY-SA 4.0 · © Sweet Publishing, CC BY-SA 3.0 · स्रोत र अधिकार

बाइबलका कथाहरू

पछिल्ला कथाहरू

बाइबलका कथाहरू