गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अक्टोबर › अक्टोबर 22
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 अक्टोबर 22
शुक्रबार · सामान्य कालको 29औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 29औँ हप्ताको शुक्रबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो
सन्त जोन पल दोस्रो, पोप · ऐच्छिक स्मृति-दिवस
उपवास र प्रायश्चित्त
प्रायश्चित्तको दिन
हरेक शुक्रबार प्रायश्चित्तको दिन हो; हरेक बिशप सम्मेलनले यो कसरी मानिने भनेर तोक्छ: मासुबाट परहेज वा प्रायश्चित्तको अर्को काम। उपवास 18 देखि 59 वर्षसम्म, परहेज 14 वर्षदेखि लागू हुन्छ।
दिनका पाठहरू
पहिलो पाठ
18किनकि म जान्दछु, कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन। किनकि ममा असल गर्ने इच्छा छ, तर म यो गर्न सक्दिनँ। 19किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्नँ, म त्यही गर्छु। 20अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो। 21तब मैले ममा असल गर्ने सिद्धान्त भेट्टाउँछु, तर ममा दुष्ट वास्तवमै उपस्थित भएको पाउँछु। 22किनकि म भित्री मनुष्यत्वसँगै परमेश्वरको व्यवस्थामा आनन्द मनाउँछु। 23तर मैले मेरा अङ्गहरूमा फरक सिद्धान्त देख्छु। यसले मेरो मनको नयाँ सिद्धान्तसँग लड्छ। मेरा अङ्गहरूमा भएको सिद्धान्तद्वारा यसले मलाई पापको कैदी बनाउँछ। 24म दुःखि मानिस हुँ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला? 25तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरलाई धन्यवाद होस्! त्यसैले, म आफैँले मेरो मनले परमेश्वरको व्यवस्थाको सेवा गर्छु। तापनि शरीरले म पापको सिद्धान्तको सेवा गर्छु।
प्रत्युत्तर भजन
भजनसंग्रह 119:66, 68, 76–77, 93–94
66मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्वास गरेको छु। 68तपाईं असल हुनुहुन्छ र असल गर्ने तपाईं नै हुनुहुन्छ। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्। 76आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्वस्तताले मलाई सान्त्वना देओस्। 77मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो। 93तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्नुभएको छ। 94म तपाईंकै हुँ। मलाई बचाउनुहोस्, किनकि म तपाईंका सुझावहरूको खोजी गर्छु।
सुसमाचार
54येशूले भिडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्चिम दिशामा बादल उठेको देख्दछौ र तुरुन्तै भन्दछौ, ‘वृष्टि हुनेछ र त्यस्तै हुनेछ।’ 55जब दक्षिणबाट बतास बहन्छ, तिमीहरू भन्दछौ, ‘त्यो एकदमै प्रचण्ड तातो हुनेछ र त्यस्तै हुनेछ।’ 56पाखण्डीहरू हो, तिमीहरू जान्दछौ कि पृथ्वी र स्वर्गमा भएका चिह्नहरूलाई हेरेर, के हुँदै छ त्यो भन्न सक्दछौ, तर अहिलेको वर्तमान समयको विषयमा केही भन्न सक्दैनौँ? 57तिम्रो आफ्नै लागि जे कुरा ठिक छ, त्यसमा किन न्याय गर्दैनौ? 58तिमी आफ्नो विरोधीसँग प्रशासककहाँ जाँदा, बाटोमा नै आफ्नो मुद्दा मिलाऊ ताकि उसले तिमीलाई न्यायमा नडोर्याओस् र हाकिमकहाँ नसुम्पोस्, नत्रता हाकिमले तिमीलाई झ्यालखानामा हाल्नेछ। 59म तिमीलाई भन्दछु, “तिमी कहिल्यै पनि त्यहाँबाट मुक्त भएर आउन सक्दैनौ जबसम्म तिमीले त्यसको पैसा चुक्ता गर्दैनौँ।”
आजका सन्तहरू
- सन्त जोन पल दोस्रो, पोप
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार